RUMPUM
animated ellipse animated ellipse

आर्थिक अवस्थाबाट कमजोर भएका बालबालिकालाई पाठ्य सामाग्री

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७४, शनिबार १९:३६
3
Shares
तस्वीर म्याट जोन
विराटनगर १ पौष / मोरङको दक्षिणी भेगका आर्थिक अवस्थाले कमजोर भएका स्कुलले बालबालिकाहरुलाई पाठ्य सामाग्री वितरण गरिएको छ ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा दलित सामुदायिक विकास केन्द्रको आयोजनामा आर्थिक अवस्थाले कमजोर भएका स्कुलले बालबालिकालाई पाठ्य सामाग्री वितरण गरिएको हो ।

श्री जनता बाल आधारभूत विद्यालय जहदा गाँउपालीका १ धुनी मोरङका स्कुलले १ सय ५५ विद्यार्थीहरुलाई छात्रावृती सरह पाठ्य सामाग्र्री वितरण गरिएको हो । बालबालिकालाई चाहिने कापी डटपेन, साबुन, ब्रस, टुथपेष्ट, टावेल र भेष्ट वितरण गरिएको दलित सामुदायिक विकास केन्द्रका अध्यक्ष टिका विसुन्केले जानकारी दिए ।

स्कुलले विद्यार्थीहरुलाई जहदा गाँउपालीका वडा नम्बर १ का वडा अध्यक्ष प्रदिपचन यादवले पाठ्य सामाग्री वितरण गरेका थिए । विगत १५ बर्ष अगाडी देखि नै प्लान नेपालले दक्षिणी भेगमा रहेका निम्न आय वर्गका स्कुलले विद्यार्थीहलाई छात्रावृति वितरण गरेर सहरानिय कार्य गरेको जहदा गाँउपालीका वडा नम्बर १ का वडा अध्यक्ष यादवले उल्लेख गरे ।

त्यसैगरी कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालकी विकास संयोजन भीमकुमारी दर्जी, श्री जनता वाल आधारभुत विकास स्कुलका प्राचार्य विरेन्द्रकुमार मण्डल, मार्ट सोसाईटीका श्याम बस्नेतलगायत बालबालिकाहरुलाई पाठ्य सामाग्री वितरण गरेको दलित सामुदायिक विकास केन्द्रका सदस्य जगनारायण रायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर