पूर्वाञ्चल खबर
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले शुक्रबार स्कूल परिसरमा आयोजना गरेको प्रतियोगितामा प्रथम ‘रातो हाउस क भएको छ । सो हाउसमा सुरज खड्का, अनमोल राज विष्ट, सुरज पोद्दार थिए ।
द्वितिय निलो हाउस ख भए । सो हाउसमा सिम्रन बस्नेत, नबिन मण्डल, सुप्रिम बस्नेत छन् । तृतीयमा रातो हाउस ख भए । सो हाउसमा हंशराज अग्रवाल, सुशान्त निरौला, आयूष पराजुली छन् ।
प्रतियोगितामा कक्षा ६ देखि ८ सम्म अध्ययरत विद्यार्थीहरुले भाग लिएको कार्यक्रम संयोजक शिक्षक प्रभात बरालले जानकारी दिए । प्रतियोगिता ७ वटा राउतण्डमा भएको थियो ।