पूर्वाञ्चल खबर
सुनसरीको बराहनगरपालिका ३ की ३० वर्षिय ईन्दिरा राईको पेटमा रहेको ट्यूमलको हस्पिटलको अत्याधुनिक उपकरण र विशेषयज्ञ चिकित्सवको टोलीले सफल शल्यक्रिया गरिएको हो ।
स्त्री तथा प्रसूती रोग बिशेषयज्ञ डा. बालकृष्ण साह र उनको टिमले राईको सफल सल्यक्रिया गरेको छ । सफल शल्यक्रियापछि अहिले राइको उपचार भइरहेको छ । ‘शल्यक्रिया सफल भएको छ,’ उपचारमा संलग्न चिकित्सव डा. साहले भने, ‘आइतबारसम्म पूर्ण रुपमा ठिक हुन्छ । त्यसपछि डिस्चार्ज हुनेछ ।
राईको अवस्था अहिले समान्य भएको र ठिक भएपछि अन्य मानिसरह हिडडुल गर्नसक्ने हस्पिटलले जनाएको छ ।