AArya
RUMPUM
animated ellipse animated ellipse

रोहित शर्माको कीर्तिमानी दोहोरो शतकमा भारतको फराकिलो जित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ मंसिर २०७४, बुधबार २०:५६
3
Shares
मोहाली, २७ मंसिर /रोहित शर्माले आफ्नो करियरको तेश्रो दोहोरो शतक प्रहार गरेपछि भारतले श्रीलंकामाथि १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेपछी ३ खेलको सिरिज १–१ को बराबरी भएको छ ।

मोहालीको पन्जाब क्रिकेट एसोसिएसनको मैदान भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टाली भारतले पुरै ५० खेल्दै ४ विकेट गुमाएर ३ सय ९२ रनको विशाल योगफल खडा गरेको थियोे । भारतका लागि विराट कोहलीको अनुपस्थितिमा कप्तानी गरिरहेका रोहित शर्माले एक्लैले अविजित २ सय ८ रनको बिशाल पारी खेले । १ सय ५३ बलको खेलेका राहितले १३ चौका र १२ छक्का प्रहार गरे ।

रोहित बाहेक शिखर धवनले ६८ रन र श्रेएर अय्यरले ८८ रन बनाए । त्यस्तै पूवै कप्तान महेन्द्र सिंह धोनीले ७ रन तथा हार्दिक पाण्ड्यले ८ रन बनाए । श्रीलंकाका लागि कप्तान थिसारा परेराले ३ विकेट लिए ।

जवाफमा ब्याटिङ थालेको श्रीलंकाले पुरै ओभर खेल्दै ८ विकेट गुमाएर २ सय ५१ रन मात्र बनाउन सक्यो । श्रीलंकाका पूर्व कप्तान एन्जेलो म्याथ्युजले अविजित १ सय ११ रनको पारि खेलेपनि अन्य ब्याट्सम्यानको साथ नपाउदा श्रीलंका पराजित हुन पुग्यो ।

म्याथ्युजले १ सय ३२ बलको सामना गरी ९ चौका र ३ छक्का प्रहार गरेका थिए । भारतका युबेन्द्र चाहलले ३ विकेट, जस्प्रीत बुम्रराहले २ विकेट तथा भुवनेश्वर कुमार, हार्दिक पाण्ड्य र वासिंगटन सुन्दरले समान १ विकेट हात पारे ।

पहिलो एकदिवसीयमा श्रीलंकाले ७ विकेटको जित हातपार्दै सिरिजमा अग्रता लिएको थियो । सिरिजको अन्तिम खेल आइतबार बिसाखापट्नममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर