पूर्वाञ्चल खबर
अनुपचन्द सेठीया, ललित सेठीयाँ, पंकजकुमार कर्ण, बलराम विश्वास, श्रवणकुमार साह र शनि देवल बिस्वासलाई पुर्पक्षको लागी थुनामा राख्ने मोरङ जिल्ला अदालत आदेश दिए पछी कारागार चलान भएका हुन् ।
आरोपी मध्ये बिमलकुमार चिरानियाँलाई तिनलाख पचास हजार धरौटी माग गरिएकोमा उने सो धरौटी वापतको रकम अदालतलाई बुझाएका थिए ।
बलराम बिश्वास, शनिदेवल बिश्वास र श्रवणकुमार साहलाई आज कारागार कार्यालय पठाइएको हो । उनीहरुलाई कार्तिक ३० गते विराटनगरमा छयासी लाख उनान्साठी हजार तिन सय पैतालिस रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको थियो ।
अनुपचन्द सेठीया, ललित सेठीया, पंकजकुमार कर्ण र बिमलकुमार चिरानियाँलाई थप अनुसन्धानका बिहिबार सम्पति सुद्धिकरण अनुसन्धान विभाग पुलचोक ललितपुर पठाईने मोरङ प्रहरीले जनाएको छ ।