पूर्वाञ्चल खबर
सुनसरीको दुहवीमा आज भएको पहिलो सेमीफाइनल खेलमा मनाङले चर्च ब्वाइज क्लब काठमाण्डौलाई १–० गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफ निकै प्रतिस्प्रधात्मक भएपनि खेल बराबरी भएको थियो । खेलको दोश्रो हाफको ३४ औ मिनेटमा मनाङका बिराज महर्जनले दिएको क्रस पासमा अनिल गुरुबले १ गोल गदै मनाङको जितमा नायक सावित हुदै मनाङको जित सुनिश्चित गरेका थिए ।
खेलको उत्कृष्ट खेलाडी मनाङका हेमन गुरुङ भए उनलाई नगद पाँच हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो । विहीवारको अन्तिम सेमीफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाण्डौ र अग्नी रुपन्देही ११ रुपन्देही बिच हुनेछ ।