AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा समानुपातिकमा काँग्रेसलाई अग्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ मंसिर २०७४, सोमबार २०:०८
3
Shares
विराटनगर, २५ मंसिर । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनले मोरङमा अग्रता लिएपनि समानुपातिकमा भने नेपाली काँग्रेसले अग्रता लिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको जारी मतगणनामा वाम गठबन्धनभन्दा काँग्रेस अग्र स्थान रहेको छ । प्रतिनिधि सभा तर्फ अहिले सम्म गणना भएको १ लाख २२ हजार ४ सय ४९ मा नेपाली काँग्रेसले ४४ हजार ९ सय ३० मत ल्याएको छ ।नेकपा एमालेले ४० हजार ६ सय ९६ मत , नेकपा माओवादी केन्द्रले ९ हजार ९ सय ४७ मत , संघिय समाजवादी फोरम नेपालले ७ हजार ६ सय ८४ मत र विवेकशील साझा पार्टीले २ हजार २ सय ९९ मत ल्याएको छ ।

यसैगरि प्रदेशसभामा नेपाली काँग्रेसले ४१ हजार ८ सय ४९ मत, एमालेले ३६ हजार ८ सय ५४ मत , नेकपा माओवादी केन्द्रले ११ हजार ९ सय ४२ मत, संघिय समाजवादी फोरमले ७ हजार ३ सय ६४ मत , राष्ट्रिय जनता पार्टीले २ हजार २ सय ६८ मत र विवेकशील साझा पार्टीले १ हजार ८ सय १० मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर