RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड, पोखरीया,सिद्धार्थ र गोदावरी स्कूल विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ मंसिर २०७४, आईतवार २०:५१
3
Shares
विराटनगर, २४ मंसिर / जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरमा जारी अन्तर स्कूल क्रिकेट प्रतियोगितामा ग्रेडेड, पोखरीया,सिद्धार्थ र गोदावरी स्कूल विजयी भएका छन् ।

पहिलो खेलमा ग्रेडेड बोर्डिङ स्कूलले जानकी बोर्डिङ स्कूललाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका जानकीले १५ दशमलव १ बलमा सवै विकेट गुमाई ९१ रन जोडेका थियो । जस्मा किशन मण्डलले १८ रनको योगदान दिएका थिए । ग्रेडेडका नीराजन अधिकारी र सक्षम खडकाले २–२ विकेट लिए ।
९२ रनको लक्ष्य पछ्याएको ग्रेडेडले १९ दशमलव २ बलमा ७ विकेट गुमाई लक्ष्य पार गरेको थियो

। जस्मा म्यान अफ द म्याच राहुल मण्डलले २३ रनको योगदान दिए । जानकीका दिपेश मण्डलले ३ विकेट लिए ।

दोस्रो खेलमा पोखरीया माध्यामिक स्कूलले सृजना बोर्डिङ स्कूललाई १७ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेका पोखरीयाले २० ओभरमा ७ विकेट गुमाई ७६ रन जोडेका थियो । जस्मा पुष्पराज अधिकारी र विकाश निरौलाले १५–१५ रनको योगदान दिएका थिए ।

७७ रनको लक्ष्य पछ्याएको सृजनाले १९ दशमलव १ बलमा सवै विकेट गुमाई ५९ रनमा सिमित भयो । जस्मा महेश दासले १० रनको योगदान दिए । पोखरीयाका म्यान अफ द म्याच उमङ बस्नेतले ५ विकेट लिए ।

तेस्रो खेलमा सिद्धार्थ बोर्डिङ स्कूलले गौतमबुद्ध बोर्डिङ स्कूललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका गौतमबुद्धले २० ओभरमा ९ विकेट गुमाई १ सय २३ रन जोडेका थियो । जस्मा रोहित सिंहले २३ रनको योगदान दिएका थिए ।

१ सय २४ रनको लक्ष्य पछ्याएको सिद्धार्थले १४ दशमलव ४ बलमा ४ विकेट सो विजय लक्ष्य भेट्टाएको थियो । जस्मा म्यान अफ द म्याच कार्तिक निरौलाले ३८ रनको योगदान दिए । गौतमबुद्धका अंकित गोडी र वविस थापाले १–१ विकेट लिए ।

चौथो खेलमा गोदावरी बोर्डिङ स्कूलले मिल्स माध्यमिक स्कूललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका मिल्सले २० ओभरमा ८ विकेट गुमाई १ सय ६२ रन विशाल योगफ जोडेका थियो । जस्मा अकिशेक रोनियारले २७ रनको योगदान दिएका थिए ।

१ सय ६३ रनको विशाल लक्ष्य पछ्याएको गोदावरीले १७ दशमलव २ बलमा ४ विकेट सो विजय लक्ष्य भेट्टाएको थियो । जस्मा म्यान अफ द म्याच रिक्की देवकोटाले नटआउट ३८ रनको योगदान दिए । मिल्सका राहुल साहले २ विकेट लिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर