पूर्वाञ्चल खबर
प्रतिनिधि सभामा उत्साहजनक नतिजा ल्याएको गठबन्धनले प्रदेश सभामा अपेक्षित रुपमा नतिजा आफ्नो पक्षमा पार्न सकेन् । प्रदेशसभा तर्फ कुल १२ सिट रहेको मोरङमा बाम गठवन्धनले ७ सिट जितेको छ भने ४ सिट कांग्रेस, र १ सिट संघीय समाजवादी फोरमले जितेको छ । बाम गठवन्धनको तर्फवाट मोरङमा एमालेले ५ र माओवादीले २ स्थानमा विजय हासिल गरेको छ ।
मोरङ क्षेत्र नम्वर १ अन्तगर्त क र ख मा क्रमशः माओवादीका कूलप्रसाद साम्बा र एमालेका उपेन्द्र घिमिरे विजय भएका छन् । साम्बाले १९ हजार ५ सय ५४ र कांग्रेसका ललित अधिकारीले १५ हजार २ सय ६३ मत ल्याएका थिए । यस्तै ख मा एमालेका घिमिरेले १७ हजार १ सय १७ र प्रतिस्पर्धी कांग्रेसका इश्वरी कोइरालाले १४ हजार ३ सय १० मत ल्याए ।
यस्तै क्षेत्र नम्बर २ को क र ख मा कांग्रेसका शिवनारायण गनगाई र एमालेका लिलाबल्लभ अधिकारी विजय भएका छन् । गनगाईले माओवादीका नेता गणेशप्रसाद उप्रेतीलाई पराजित गरेका हुन भने अधिकारीले कांग्रेसका घणिन्द्रबहादुर कुँबरलाई पराजित गरेका थिए । गनगाईले १४ हजार २ सय ४६ मत ल्याउँदा माओवादीका गणेश उप्रेतीले १३ हजार २ सय ८८ मत प्राप्त गरेका थिए । यस्तै ख का उम्मेदवार अधिकारीले १८ हजार ३ सय ८६ मत ल्याउँदा कुँबरले १७ हजार १ सय २७ मत प्राप्त गरेका छन ।
यस्तै क्षेत्र नम्बर ३ को क र ख मा कांग्रेसका सूयर्मा राज राई र एमालेका राजकुमार ओझाले विजय प्राप्त गरेका छन । राईले माओवादीकी नेतृ गीता तिम्सीनालाई पराजित गरेका थिए । तिम्सीनाले १९ हजार ३ सय ९९ मत ल्याउँदा राईले २० हजार २ सय ९९ मत प्राप्त गरे । ओझाले भने कांग्रेसका ललित बहादुर श्रेष्ठलाई पराजित गरेका हुन । ओझाले २२ हजार ८ सय २० र श्रेष्ठले २० हजार २ सय ८७ मत प्राप्त गरेका थिए ।
मोरङ क्षेत्र नम्बर ४ को क र ख मा क्रमशः माओवादीका उम्मेदवार विजय विश्वास र एमालेका जीवन घिमिरे विजयी भएका छन । विश्वासले १८ हजार २ सय ८९ मत ल्याएर प्रतिस्पर्धी कांग्रेसका भक्तिनाथ माझीलाई ३ हजार ६६ मतको अन्तरले हराएका थिए ।
यस्तै प्रदेशसभा ख का घिमिरेले १३ हजार ८ सय ५ मत ल्याएका छन भने कांग्रेसका विश्वनाथ रिजालले ११ हजार ६ सय २५ मत प्राप्त गरेका छन ।
यस्तै मोरङको क्षेत्र नम्बर ५ को क र ख मा क्रममा एमालेका ज्ञानेश्वर राजवंशी र संघीय समाजवादी फोरमका जयराम यादव विजयी भएका छन् । राजवंशीले कांग्रेसका शुकदेवप्रसाद मण्डललाई पराजित गरेका हुने । राजवंशीले १२ हजार ८ सय ६१ मत ल्याउँदा मण्डलले भने ८ हजार ८ सय २८ मत प्राप्त गरेका थिए ।
मोरङकै क्षेत्र नम्बर ६ को दुवै प्रदेशसभामा भने कांग्रेसका चुमनारायण तबदार र केदार कार्कीले विजय प्राप्त गरेका छन ।
तबदारले माओवादीका उम्मेदवार जीवन आचार्यलाई र कार्कीले एमालेका रमेशप्रसाद पोखरेललाई पराजित गरेका थिए ।
तबदारले २३ हजार ५ सय १३ मत ल्याउँदा आचार्यले २१ हजार ४ सय ७० मत प्राप्त गरे ।
यस्तै प्रदेशसभा ख मा भने कार्कीले ११ हजार २ सय ९८ मत ल्याउँदा पोखरेलले ८ हजार १ सय २० मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।