animated ellipse animated ellipse

मोरङ ३ मा एमालेका ढकाल संसदमा निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०७४, शनिबार ०५:४३
3
Shares
विराटनगर, २३ मंसिर / मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल बिजयी भएका छन् ।

काँग्रेसका डा.सुनिल शर्मालाइ १ हजार ९ सय ७ मतले पछि पार्दै ढकाल प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका हुन् । मुख्य निर्वाचन कार्यालय विराटनगरले शनिबार विहान सार्वजानिक गरेको अन्तिम मत परिणमा अनुसार एमालेका ढकालले ४२ हजार ४ सय १३ मत ल्याएका छन् ।

ढकालका प्रतिद्धन्द्धी काँग्रेसका शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए ।
मोरङको वामगठबन्धनको पकड क्षेत्रमा रुपमा हेरियो यस क्षेत्रमा ढकालको जितसँगै मोरङमा वाम गठबन्धनले जितको सुरुवात हो ।

स्थानीय तहका आधारमा काङ्ग्रेसको भन्दा वाम गठबन्धनको मत २१ हजार मतले अगाडि थियो । यस आधारमा नेपाली कांग्रेसका डाक्टर शर्माले ढकाललाई कडा टक्कर दिएको देखिन्छ । शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेजका संञ्चालक हुन् ।

तेह्रथुमको ओख्रेमा २०१८ मा जन्मिएका ढकाल मोरङका स्थायी बासिन्दा र मतदाता भने होइनन् । उनको मतदाता नामावली काठमाडौंमा छ ।

अनेरास्ववियुको महासचिवसम्म भएका ढकाल विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियाशील भएका हुन् । २०४५ सालमा तत्कालीन माले पार्टीको सदस्यता प्राप्त गरेका उनी दोस्रो संविधानसभा निर्वाचन २०७० मा समानुपातिक तर्फबाट सभासद थिए । उनी दोस्रो संविधान सभापछिको संसदमा एमालेका प्रमुख सचेतक पनि भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर