खबर पूर्वाञ्चल
त्यस्तै मोरङ क्षेत्र नम्बर १ मा संयुक्त वाम गठबन्धनका एमालेका उम्मेद्वार घनश्याम खतीवडाले ले ३२८४ मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वार डिकबहादुर लिम्बुले ३०७७ मत ल्याएका छन् ।
त्यस्तै मोरङ क्षेत्र नम्बर २ मा संयुक्त वाम गठबन्धनका एमालेका एम्मेद्वार ऋषीकेश पोखरेलले ४५१५ मत ल्याएका छन् भने कांग्रेसका उम्मेद्वार डा. मिनेन्द्र रिजालले ४४५५ मत ल्याइ पोखरेललाई पछ्याइरहेका छन् ।
त्यसैगरी मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त वाम गठबन्धनका एमालेलेका उम्म्मेद्वार भानुभक्त ढकालले ९८७० मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार सुनीलकुमार शर्माले ९२०९ मत ल्याएका छन् ।मोरङमा २११६० मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी मोरङ क्षेत्र नम्बर ४ मा संयुक्त वाम गठबन्धनका माकेका उम्म्मेद्वार अमालाल मोदीले ३९९९ मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार महेश आचार्यले २५९९ मत ल्याएका छन् ।
त्यसैगरी मोरङ क्षेत्र नम्बर ५ मा संयुक्त वाम गठबन्धनका माकेका उम्म्मेद्वार शिवकुमार मण्डलले १५२० मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार अर्मत अर्यालले १३६५ मत ल्याएका छन् भने सघिय समाजवादी पार्टीका राजकुमार यादवले १०३५ मत ल्याएका छन् ।