AArya
RUMPUM
animated ellipse animated ellipse

बार्षिक उत्सवमा साहित्यिक संगोष्ठी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ मंसिर २०७४, मंगलवार १८:५९
3
Shares
विराटनगर, १९ मंसिर / लक्ष्मीनारायण मन्दिर तथा वेदविद्याश्रम आवसीय संस्कृत माध्यमिक विद्यालय पाञ्चालीको ३२ औं बार्षिक उत्सवमा पूर्व बिद्यार्थीहरुले साहित्यिक संगोष्ठी कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएका छन् ।

साहित्यिक संगोष्ठी कार्यक्रममा प्रा.डा. टंक न्यौपाने, प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, कविराज न्यौपानेलगायत कवि तथा समालोचकहरुको उपस्थिति रहेको थियो । विराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले उत्कृष्ट रचना वाचकहरुलाई पुरस्कार वितरण गरेका थिए ।

साहित्यिक संगोष्ठीमा पूर्व बिद्यार्थी नारायण निरौंला, शिव सुवेदी, गनु भाई उदासी, पिताम्बर अधिकारी, सुमन सापकोटा, माधव भट्टराई, कोषराज न्यौपाने, कमल खतिवडा, सरोज तिमल्सिना र अच्युत आचार्यलगायत रचनाहरु प्रस्तुत गरेको थिए । साहित्यिक संगोष्ठी कार्यक्रमको अध्यक्षता स्वामी अत्युत प्रपन्नाचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर