RUMPUM
animated ellipse animated ellipse

आज मध्यरातदेखि मौन अवधि सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७४, सोमबार २२:०७
3
Shares
विराटनगर १८, मंसिर /मंसिर २१ गते हुने दोस्रो चरणको  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ ।

मङ्सिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि आज मध्यराति १२ बजेबाट सुरु हुनेछ ।

मौन अवधि सुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न पाइँदैन । एसएमएस, भाइबर, फेसबुकलगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिमानादेखि उम्मेदवारी रद्ध गर्नेसम्मको अधिकार निर्वाचन आयोगलाई छ ।

आज मध्यरातपछि भोट माग्न नपाइने भएकाले दलहरु आज अन्तिम दिनको चुनाव प्रचारमा व्यस्त रहेका छन् । उनीहरूलाई मतदातासम्म पुग्न भ्याइनभ्याइ छ ।

दोस्रो चरणको चुनाव सकिएलगत्तै पहिलो चरणको चुनावको मतगणना पनि सुरु हुनेछ । पहिलो चरणको चुनाव भने ३२ जिल्लामा मंसिर १० गते नै सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर