खबर पूर्वाञ्चल
सुनसरी इटहरीको यूवा विकास मञ्च इटहरी र विराटनगरको नारी विकास संघले साउन २८ पछिको लगातार वर्षसँगै आएको बाढीबाट प्रभावितलाई गरेको सहयोगको कदर गर्दै लोहनीलाई आज सम्मान गरेका हुन ।
जापानमा बस्ने पूर्वी नेपालका नेपालीहरुको संस्थाले आर्थिक सहयोग गरी विराटनगर– १९ खापटोलका बाढीपीडित विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरेका थिए । इटहरीका बाढी पीडितलाई तत्काल आवश्यक राहत स्वरुप संस्थाले ७३ हजार ६ सय र खापटोलका बालबालिका तथा ओशो आश्रम तीनपैनी विराटनगरलाई समेत गरी ७० हजार रुपैयाँ बराबरको सहयोग गरेको थियो । ती सहयोगमा युवा विकास मञ्च र नारी विकास संघले समन्वय गरेका थिए ।
नारी विकास संघकी अध्यक्ष सीता शर्माले अध्यक्ष लोहनीलाई कदर पत्रसहित सम्मान गरिन । शर्माले भनिन्,‘दुःखमा परेका बेला जापानमा बस्ने नेपालीले गरेको सहयोगले पीडितलाई निकै राहत मिल्यो ।’ लोहनीले आफूहरु बाहिर रहेपनि नेपालको विकास र नेपालीको सहयोगमा दत्तचित्त रहेको बताए ।