खबर पूर्वाञ्चल
कोइराला निवासबाट निकालिएको पैदल यात्राले विराटनगरको विभिन्न भागको परिक्रमा गरेको थियो । यात्रापछिको आयोजित वृहत सभालाई सम्बोधन गर्दे प्रतिनिधिसभा तर्फका उम्मेदवार डाक्टर शेखर कोइरालाले देशको आर्थिक विकास र समृद्धिका लागि नेपाली कांग्रेसको सरकार बन्नु पर्ने बताए । उनले संविधान कार्यान्वय गराउन र विराटनगरलाई प्रदेशको राजधानी बनाउन नेपाली कांग्रेसलाई जिताउन आग्रह गरे ।
नेपाली कांग्रेसको नेतृत्वमा नै सरकार बन्नेमा ढुक्क रहन आग्रह गर्दे मोरङमा नेपाली कांग्रेसको जित सुनिचत हुने दाबी समेत गरे ।
कार्यक्रममा बोल्दै प्रदेश सभा ( २) का उम्मेदवार केदार कार्कीले बामगठबन्धनले विराटनगरलाई प्रदेशको राजधानी बनाउन नचाहेको बताए । तयस्तै समानुपातिक उम्मेदवार डिला संग्रोला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, यूवा नेता रमेशजंग रायमाझी लगायतले देशको समृद्धि र लोकतन्त्रको रक्षाका लागि कांग्रेसको पक्षमा मतदान गर्न अनुरोध गरे ।