खबर पूर्वाञ्चल
उनीहरूले मतपेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्ट्यामप्याडलगायतका ६४ प्रकारका निर्वाचन सामग्री भने आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर बुझेका छन् ।
मोरङका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार आजदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायतका कर्मचारीको समूह मतदान केन्द्रतर्फ खटिने जानकारी दिए । ७ सय ५८ वटा मतदान केन्द्र रहेको मोरङ जिल्लामा प्रत्येक केन्द्रमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र चार सहायक कर्मचारी र दुई जना सहयोग गरी ८ जनाको संख्यामा कर्मचारी खटिने छन् । ‘
मतदान केन्द्रमा आज कर्मचारी पुग्छन्,’ मुख्य निर्वाचन अधिकृत खतिवडाले भने, ‘मंसिर १९ र २० गते मतदान परिचय–पत्र वितरण कर्मचारीले गर्नेछन् ।’
७ सय ५८ वटा मतदान केन्द्र रहेको जिल्लामा ७ सय ५८ जना मतदान अधिकृत, ७ सय ५८ जना साहयक मतदान अधिकृत, ३ हजार ३२ जना सहायक र १ हजार ५ सय १६ जना कार्यालय सहयोगी आ–आफ्नो कार्यक्षेत्रमा सोमबारदेखि खटिने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
मोरङको १ नम्बर निर्वाचन क्षेत्रमा १ सय २७ वटा मतदान केन्द्रमा १ हजार १६ जना कर्मचारी खटिनेछन् । त्यस्तै २ नम्बर निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान केन्द्रमा १ हजार १ सय ४ जना, ३ नम्बर निर्वाचन क्षेत्रमा १ सय ४३ वटा मतदान केन्द्रमा १ हजार १ सय १४ जना, ४ नम्बर निर्वाचन क्षेत्रमा १ सय १४ वटा मतदान केन्द्रमा ९ सय १२ जना, ५ नम्बर निर्वाचन क्षेत्रमा १ सय ६ वटा मतदान केन्द्रमा ८ सय ४८ र ६ वटा निर्वाचन क्षेत्रमा १ सय ३० वटा मतदान केन्द्रमा १ हजार ४० जना कर्मचारी खटिनेछन् ।
मोरङमा सुरक्षाकर्मीबाहेक कर्मचारी मात्र ६ हजार ६४ जना निर्वाचनमा खटिएका हुन् । देशकै सबैभन्दा बढी मतदाता रहेको मोरङमा ६ वटा निर्वाचन क्षेत्रमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता छन् ।
तपाईको प्रतिक्रिया