animated ellipse animated ellipse

हसिनाको विकास चाहन्छन् मतदाता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ मंसिर २०७४, आईतवार २०:१७
3
Shares
पर्यटकको लागि नौका बिहार गर्ने हसिना सिमसार ।
विराटनगर, १७ मंसिर/पर्यटकीय गन्तव्यको ठूलो सम्भावना बोकेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ मा रहेको हसिना सिमसारको स्तरोन्नति, विकास गर्ने र संरक्षण गर्ने योजना सबै दलका उम्मेदवाले चुनावी घोषणापत्रमा समावेश गरेका छन् ।

निर्वाचन सकिएपछि यी योजना एउटा चुनावी घोषणापत्रमा मात्र सीमित बन्ने गरेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।

चुनाव सकिएपछि यी योजनाको न त कतै कुरा उठ्छ नत स्तरउन्नती गर्ने योजना नै बन्छ न त सिमसार संरक्षणको लागि बजेटनै बिनायोजन हुने गर्दछ । केवल सिमसारको संरक्षण गर्ने भन्दै सबै दलका उम्मेदवारले आफ्नो घोषणापत्रमा समावेश गरी चुनावको बेला भोट माग्ने काइदा मात्र बन्ने गरेको हसिना सिमसार व्यवस्थापन समितिका सदस्य गणेश रिजालले  बताए ।

‘दोस्रो संबिधानसभाको चुनावमा यस क्षेत्रबाट उठेका उम्मेदवारले सिमसार संरक्षण गर्ने भन्दै यस्तै मिठा–मिठा योजना ल्याएका थिए,’ रिजालले भने, ‘यहाँका स्थानीयले भोट दिएर जिताए पनि । सिमसारको लागि न निर्वाचित भएका संसदले बजेट बिनायोजन गरे । न त उस्तरउन्नतीमा संसद कोषबाट आउने बजेट नै दिए ।’ निर्वाचन आउँदा यस हसिना सिमसार चुनावी मुद्दा मात्र हुने गरेको उनको गुनासो छ ।

स्थानीय तहको निर्वाचन सकिएलगतै प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मतदानको समय आइसकेको छ ।

४८ हेक्टर क्षेत्रफलमा फैलिएको हसिना सिमसार भित्र विभिन्न देवीदेवताका मन्दिर, विभिन्न प्रकारका वनस्पति, जीवजन्तु, र पशुपंक्षीको बासस्थान रहेको सो क्षेत्र अहिले धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ । यस सिमसार भित्र एक दर्जन मठमन्दिर छन् । सिमसार भित्र बुढासुब्बा मन्दिर, बुद्धको मन्दिर विभिन्न सामुदायको मठमन्दिर छ । यसलाई संरक्षण गर्न र सिमसार वरीपरी घेराबार गरी सिमसार भित्रको बाटोमा फूट ट्याग लगाउने स्थानीयको योजना छ । तर, सिमसारको प्रयाप्त आम्दानीको स्रोत र आर्थिक अभावले गर्दा यो योजना साकार हुन नसकेको उनीहरु बताउँछन् ।

स्थानीयले भोट माग्न आउने दलका उम्मेद्वारलाई भन्ने गरेका छन् । सिमसार स्तरउन्नती, संरक्षणमा लागि पर्ने उम्मेदवारलाई भोट दिन्छौं । ‘हामीले धेरै दलका उम्मेदवारको घोषणापत्र हे¥यौं र पढ्यौं पनि, हाम्रै भोटले जितेर संसद भए मन्त्री बने,’ सुन्दरहरैंचा नगरपालिका ५ का हस्त बहादुर तामाङले भने, ‘तर, पर्यकटीय सम्भावना बोकेको हाम्रो घरआँगनको सिमसार संरक्षण गर्न निर्वाचित संसदले ध्यानै दिएनन् ।’ झूटो आस्वासन होइन सिमसार संरक्षण गर्ने प्रतिबद्ध हुनेलाई यस पटक भोट दिने उनको भनाइ छ ।

यस निर्वाचन क्षेत्रमा प्रमुख दलका उम्मेदवारसँगै नै प्रतिस्पर्धा हुने देखिएको छ । नयाँ संरचना अनुसार बनेको निर्वाचन क्षेत्रमा नयाँ अनुहारका शीर्ष नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को ‘क’ पर्ने सो क्षेत्रमा प्रतिनिधि सभामा काँग्रेसबाट डा. शेखर कोइराला र प्रदेशतर्फको ‘क’ मा चुमनारायण तबदार छन् भने बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभामा लालबाबु पण्डित र प्रदेशतर्फको ‘क’ मा जीवन आचार्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर