खबर पूर्वाञ्चल
स्कूलले आज शनीबार स्कूल प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी फुड फिष्टा कार्यक्रमको शुरु गरेको हो । फुड फिष्टामा स्कूलमा अध्ययनरत कक्षा ६ देखि कक्षा ८ सम्मका १ सय ३५ जना विद्याथीहरु सहभागि रहेको कार्यक्रम संयोजक शिक्षक उषा अधिकारीले जानकारी दिइन् ।
स्कूलमा पढाइका साथै अतिरिक्त कार्यक्रम सधै अगाडि रहेको स्कूलका प्रिन्पिल प्रेमसिंह सुवालले यस्ता किसिमको कार्यक्रमले विद्यार्थीमा सिप मुलक सिक्ने उजागर बढ्नलाइृ मद्दत गर्ने बताए । कार्यक्रममा विद्यार्थीहरुले चिया, चप,खिर,पुलाउ, तरकारी र अचारलगायतका सामाग्रीहरु बनाएका थिए ।