पूर्वाञ्चल खबर
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर र वालवालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको आयोजनामा आज विराटनगरमा आयोजना गरिएको प्रतिबद्धता कार्यक्रममा उनीहरुले हस्ताक्षर गर्दै वालवालिका प्रयोग नगर्ने बताएका हुन् । नेकपा एमाले मोरङका जगत थापाले कुनैपनि राजनितिक गतिविधिमा वालवालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाउदै आफ्नो पार्टीको सरकार बने मतदान र मतगणनाको लागि पनि विद्यालयको विकल्प खोज्ने बताए ।
नेकपा माओवादी केन्द्र मोरङका मुक्ति शर्मा र राप्रपाका महेन्द्र वस्तीले पनि पोस्टर टास्न, झण्डा वोक्न ,जुलुसमा वालवालिका प्रयोग नगर्ने बताए ।
वालवालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका पूर्वाञ्चल संयोजक बासु अधिकारीले स्थानीय तहको निर्वाचनका क्रममा देशभर १२ हजार वालवालिका प्रयोग भएको तथ्याङक रहेको भन्दै यस पटक कम भएपनि वालवालिकालाई दलहरुले प्रचासप्रसारका सामाग्री टास्ने तथा खाना खुवाउनेमा प्रयोग गरेको पाइएको बताए ।
मोरङ जिल्ला अदालत विराटनगरमा मुख्य न्यायधिस राजुकुमार खतिबडाले ठिक बेठिक छुट्याउन नसक्ने वालवालिकालाई दलहरुले राजनितिक गतिविधिमा प्रयोग गर्न नहुने बताए । उनले निर्वाचन भन्ने वितिकै दलले वालवालिका प्रयोग गर्ने र सरकारले विद्यालय प्रयोग गर्दा वालवालिका दोहोरो मारमा पर्ने गरेकोले विद्यालयमा मतदान गर्ने र मतगणना गर्ने कामको विकल्प खोजिनुपर्ने बताए ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरकी निमित्त निर्देशक मन्जु खतिबडाले दलहरुले आफुले प्रतिबिद्धता गरेको कुरा कार्यान्वयन गर्न आग्रह गरिन । उनले विश्वमा नेपालको संविधान बालवालिकमैत्री भनेर चिनिएको भन्दै दलहरुले यसको साख राख्नुपर्ने बताइन ।