पूर्वाञ्चल खबर
विराटनगर जेसीजले आज विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा प्रतिष्ठित व्यापारिक र नाफामुकल संस्था बैंकहरुको सहभागि रहने विराटनगर जेसीजको अध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) ले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा ८ वटा संस्थाको सहभागि रहनेछ । प्रतियोगितामा हिमालयन बैंक, फूजिमा आयल, सारडा ग्रुप, कुमारी बैंक, एस.बी. आई बैंक, देबनारा ग्रुप, भन्सार एजेन्ट र मनमोहन पोली टेक्निकल कलेजको सहभागि रहनेछ ।
शनिबार एक दिन हुने प्रतियोगिताको पहिलो खेल फूजिमा आयल र देवनारा ग्रेप बिच प्रतिस्पर्धा हुने अध्यक्ष पौडेलले जानकारी दिए । प्रतियोगिताको बिजेता र उपविजेतालाई आकर्षण ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।