पूर्वाञ्चल खबर
कान्तिपुरले आज भएको सेमिफाइनलमा सिटी कलेजलाई ५ विकेटले पराजीत गरी फाइनलमा यात्रा तय गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको सिटीले १८ ओभरमा सवै विकेट गुमाई ७३ रन जोड्न सक्यो । सिटीका रवि राँयले सर्वाधिक ३० रनको योगदान दिएका थिए । कान्तिपुरका गुणन्द साहले ३ विकेट लिए ।
जवाफमा ७४ रनको विजय लक्ष्य पछ्याएको कान्तिपुरले १३ दशमलव १ बलमा ५ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । कान्तिपुरका म्यान अफ द म्याच फिर्दोस अन्सारीले ३० रन तथा सुरज यादवले १९ रनको योगदान दिए । सिटीका विद्यान गौशवामी र लोमस निरौलाले २/२ विकेट लिए ।