खबर पूर्वाञ्चल
नेपाल ट्रेड युनियन कांग्रेस मोरङको आयोजनामा भएको कार्यक्रममा बोल्दै डाक्टर कोइरालाले मजदुरहरुको हक अधिकार स्थापीत गर्ने स्पष्ट पारे। उनले एमाले र माओवादी कारण श्रमिक आयोग बन्न नसकेको स्पष्ट पारे ।
उनले नेपाली कांग्रेस समान कामका लागि समान ज्याला दिलाउन लागेको स्पष्ट पारे ।क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर शेखर कोइरालाले विराटनगरको समग्र विकास र प्रादेशिक राजधानी बनाउन नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । डाक्टर कोइरालाले एकीकृत सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने, क्षेत्र नम्बर ६ कोे खानेपानीको समस्या समाधान, ढल निकासलगायतका विभिन्न कार्यक्रम अगाडि बढाएको बताए ।
उहाले पहिचान, पहुच र प्रतिनिधित्वका लागि कांग्रेसको पक्षमा मतदान गर्न अनुरोध गरे । उनले नेपाली कांग्रेसले मात्र हिमाल,पहाड,तराइ र मधेशका समस्यालाई समाधान गर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा (१) का उम्मेदवार चुमनारायण तबदारले समग्र बुढीगंगा गाउपालिका , सुन्दरहरैचा नगरपालिकाको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मणबहादुर बस्नेत, सहकोषाध्यक्ष जनार्दन निरौला, पूर्वाञ्चल संयोजक नारायणबाबु कार्की, मोरङ जिल्ला अध्यक्ष सुशील कोइराला, युवा नेता रमेशजंग रायमाझी, नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष अजयकुमार राई, कांग्रेस मोरङका सचिव नागेश कोइराला, बूढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द माझी, बूढीगंगा गाउँपालिका कांग्रेसका सभापति जितबहादुर थापालगायतले नेपाली कांग्रेसले जिते मात्र देश आर्थिक रुपमा सवल हुने र मजदुरहरुका हक अधिकार स्थापीत हुने बताएका थिए ।
तपाईको प्रतिक्रिया