animated ellipse animated ellipse

राजपा संयोजक कामत सहित एक सय कांग्रेसमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०७४, आईतवार २०:२२
3
Shares
विराटनगर, १० मंसिर/राष्ट्रिय जनता पार्टी कटहरीका संयोजक गुलावचन्द कामत नेतृत्वमा १ सयभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मोरङको कटहरीमा नेपाल टे«ड युनियन मोरङले आयोजना गरेको कार्यक्रममा कामतको नेतृत्वमा १ सय १८ जना राजपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई अविर लगाएर कांग्रेस केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश आचार्यले पार्टीमा स्वागत गरे ।
कार्यक्रममा आचार्यले कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा गर्दै समग्र मुलुकको आर्थिक विकास गर्ने बताए ।

कांग्रेसकै नेतृत्वमा हरेक परिवर्तन सफल भएको उल्लेख गर्दै उनले भने, ‘२००७ सालदेखि हालसम्मको परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको हो र अब आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले नै गर्छ ।’ लोकतन्त्रमा मात्रै जनताका अधिकार सुनिश्चित हुने उनको भनाइ थियो ।

उनले वामगठबन्धनले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेलेको बताए । कांग्रेसले मात्रै हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्ने उनको दाबी थियो । ‘एमालेले पहाड र तराईलाई विभाजित गरिरहेको छ,’ उनले भने, ‘तर कांग्रेस हिमाल, पहाड र तराईलाई एउटै मालामा उनेर बलियो राष्ट्र बनाउन चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर