AArya
RUMPUM
animated ellipse animated ellipse

यूवा संघ र वाइसिएल नेपाललको पथरीमा शक्ति प्रर्दशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७४, आईतवार १७:१९
3
Shares
पथरी, १० मंसिर / मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावलाई लक्षित गरेर पथरी शनिश्चरेमा शक्ति प्रदर्शन गरिएको छ ।

संयुक्त युवा परिचालन कमिटी मोरङ क्षेत्र नं. ३, ‘क’ स्तरीय भेलामा यूवा संघ नेपाल र वाइसिएल नेपालले पथरीशनिश्चरेमा शक्ति प्रदर्शन गरेको हो । आज पथरीशनिश्चरे १, को रंगाशालामा सवै वाम गठवन्धनका भेला भएर र्याली निकालिएको थियो । क्षेत्र ‘क’ अन्र्तगत पथरीशनिश्चरे, कानेपोखरी, बेलबारीबाट १० हजार युवाहरुको सहभागिता रहेको थियो ।

कोणसभालाई क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेद्वार तथा नेकपा एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गोपी आछामी, यूवा संघ केन्द्रीय सचिव पर्शुराम बस्नेत, वाइसिएल नेपाल केन्द्रीय सचिव पूर्ण भूजेल, यूवा संघ नेपाल केन्द्रीय सचिवलाय सदस्य रविन थापा लगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर