animated ellipse animated ellipse

समुदायको साझेदारीमा स्वास्थ्य सेवा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०७४, आईतवार १७:०२
3
Shares
विराटनगर १० मंसिर / समुदायको सहभागिता र साझेदारीमा आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराई शहरी बासिन्दाको स्वास्थ्य प्रवद्र्धन गरिने भएको छ ।

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना र सञ्चालन गर्न बनेको निर्देशिकाका विषयलाई लिएर स्वास्थ्य सेवा विभाग ,पुर्नजागरण महाशाखाका निर्देशक सहितको टोली र विराटनगर महानगरवीच आज छलफल भएको छ ।

शहरमा बढ्दो प्रदुशणवाट उत्पन्न स्वास्थ्य समस्यालगायत भइपरी आउने रोगव्याधी नियन्त्रण समाधानका लागी शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना ,व्यवस्थापन तथा सन्ञ्चालन महानगरले गर्नु पर्ने हुन्छ । महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले सेवाको गुणस्तर सुनिश्चित गर्न महानगरसंगको सहकार्यमा मन्त्रालयले मापदण्ड, क्लिनिकल प्रोटोकल,जनशक्ति परिचालन मान्यता दिने जानकारी दिए ।

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनासंगै महामारी तथा विपद व्यवस्थापन,जेष्ठ नागरिक स्वास्थ्य उपचार,सरुवारोग रोकथाम तथा उपाचारलगायतका दश प्रकारका सेवा उपलव्ध गराउने निर्देशक डोटेलले जानकारी दिए ।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली, प्रमूख प्रशासकिय अधिकृत प्रदिप निरौला, बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहाल , मोरङका जनस्वास्थ्य प्रमूख चन्द्रदेव मेहता, महानगर स्वास्थ्य प्रमूख भानु यङ्देन र महानगरका जनस्वास्थ्य अधिकृत दशिलाल माझी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर