RUMPUM
animated ellipse animated ellipse

झोराहाटमा दुई देशका कवि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७४, शनिबार १८:४४
3
Shares
विराटनगर, ९ मंसिर / स्रष्टाहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यका साथ मोरङको झोराहाटमा नियमित रुपमा संचालन हुँदै आएको गाउँमा कविताको १८ औं शृंखला सम्पन्न भएको छ ।

झोराहाट नाट्य समूहको हलमा आयोजित कार्यक्रममा नेपाल र भारतका चारजना कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । भारत सिक्किमका कवि प्रविण खालिङ, प्रविण राई जुमेली, सुनसरीका सुवास राई क्याप्टेन र नवराज मैनालीले चार–चार वटा कविता वाचन गरे ।

कविता वाचनअघि उनीहरुलाई वरिष्ठ कवि कुन्ता शर्मा र प्राज्ञ विवश पोखरेलले माला लगाएर मायाको चिनो प्रदान गरेका थिए । नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार कविता वाचन कार्यक्रम गर्दै आएको छ । हालसम्म स्वदेश र विदेशमा बसोबास गर्ने ७० जनाभन्दा बढी नेपाली भाषी कविहरुको कविता वाचन भइसकेको छ ।

कार्यक्रममा नाट्य समूहका अध्यक्ष भरत गुरागार्इं, कवि प्रयाग न्यौपाने र रमेशचन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त गरे । आगामी पुसको शृंखलामा काठमाडौंकी विना थिङ, हेटौडाका छवि अनित्य, खोटाङका नवीन प्यासी र रोल्पाका विष्णु सन्यासको कविता वाचन राखिएको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार