AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

संविधानको सफल कार्यान्ववयनका लागी कांग्रेसको नेतृत्व आवश्यक– नेता आचार्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७४, शनिबार १२:५४
3
Shares
विराटनगर, ९ मंसिर / नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव मोरङ क्षेत्र न ४ का प्रतिनिधीसभा उमेदवार महेश आर्चायले मुुलुुकको आर्थिक समवृद्धि तथा लोकतन्त्र दिगो वनाउन नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको वताए ।

विराटनगर–८ स्थित हरिहर चौकमा आज विहान आयोजित चुुनावीसभालाई सम्वोधन गदैृ उनले कांग्रेसको नेतृत्वमा संविधान वनेकाले संविधानको सफल कार्यान्ववयनका लागी कांग्रेसको नेतृत्व आवश्यक रहेको वताएका हुन् ।

उनले दलहरुले एक अर्कामा आरोप प्रत्यारोप भन्दापनी मुुलुुक मुुलुुकको विकासको एजेन्डामा छलफल र वहस गर्नुु पर्ने वताए ।

दक्षिणतर्फ फर्केर गाली गर्दैमा राष्ट्रियता वलियो नहुुने भन्दै नेता आचार्यले राष्ट्रियता वलियो वनाउन सवैजात जाती समुुदायको भावनालाई आत्मसात गर्न सक्नुुपर्दछ भने ।

राष्ट्रपति प्रणाली मुुलुुकका लागी हितकर नभएको उनको भनाई थियो । सिंहदरवारको अधिकार गाउँमा पुुगि सकेको अवस्थामा राष्ट्रपति प्रणालीको व्यवस्थामा जानुु भनेको एक जना व्यक्तिमा अधिकार केन्द्रीकृत गर्नुु रहेकाले यस्तो व्यवस्थाले लोकतन्त्रलाई कमजोड वनाउने उनले वताए ।

नेता आचार्यले लोकतन्त्रलाई संस्गत गर्दै संविधानलाई सर्व स्वीकार्य वनाउन पनी कांग्रेसलाई पहिलो पार्टी वन्नुु पर्दछ भने । उनले २००७ सालको प्रजातन्त्र स्थापनादेखि २०६२ सालको आन्दोलनसम्म कांग्रेसले अगुवाई गरेकाले आन्दोलन लोकतन्त्र र प्रजतान्त्रप्रती कांग्रेसलाई सवैभन्दा वढी माया रहेको वताए ।

कार्यक्रममा वोल्दै क्षेत्र न ४ ख का प्रदेससभा उमेदवार विश्वनाथ रिजालले विराटनगरलाई प्रदेशको राजधानी वनाउने कांग्रेसको मुुख्य एजेन्डा रहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर