animated ellipse animated ellipse

शुनिल शर्माको कर्तुत सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०७४, मंगलवार २०:४७
27
Shares
विराटनगर, ५ मंसिर/ मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शुनिल शर्माको एकपछि अर्को कर्तुतहरु सार्वजनिक हुन थालेपछि उनको पछिल्लो समय करिव ८५ लाखको चेक अनादर मुद्धामा पराजय भोगेको सार्वजनिक भएको छ ।

तर उनको त्यो कर्तुत अहिले भर्खरै मात्रै सार्वजनिक भएको हो । निर्वाचनमा उम्मेदवारी दिंदा दावी विरोधमा समेत यो उजुरी गुपचुप राखिएको स्रोतले बताएको छ । कानून व्यवसायी चूँडामणि आचार्यले यो मुद्धा व्यक्तिवादी फौजदारी मुद्धा भएको बताउनु भयो । यसमा आयोगमा उजुरी परेको भए नयाँ खालको बहस सिर्जना हुने उहाँको तर्क छ । उच्च अदालत विराटनगरले २०७३ चैत २९ गते शर्मालाई ८५ लाख चेक अनादर गरेकोमा तीन हजार जरिवाना गरेको फैसला अहिले सार्वजनिक भएको हो ।

विराटनगरका चर्चित व्यक्ति रामकृष्ण भट्टराईलाई पटक पटक चेक नम्बर ०१२५३७७०, ०१२५३८०३, ०१२५३७७१ भएको नविल बैंकको चेक दिए पनि सो बाट रकम प्राप्त नभएपछि अदालतमा चेक अनादरको मुद्धा चार वर्ष अघि नै परेको थियो । मोरङ बाहुनीका युवा नेता रविन थापा यस्तो खालको मुद्धाबाट फैसला भएका व्यक्तिले हाम्रो क्षेत्रबाट टिकट पाएर उम्मेदवार बन्नु दुर्भाग्यपूर्ण भएको बताए । अहिले क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका शर्माको यस्तो मात्रै कर्तुत छैनन् । उनका अनगिन्ती कर्तुत भएको थापाको आरोप छ । शर्माले २०६३ सालमा विराटनगरका डा. ज्ञानेन्द्र गिरी लगायतलाई अपहरण गरेर काभ्रेको कामीडाँडामा लगेर कुटपिट गरी नोवेल मेडिकल कलेज हत्याएका थिए । त्यतिखेर उनलाई प्रहरीले खोजी सूचीमा राखेपछि फरार बनेका थिए । उनको पीडा सहन नसकेका डा. गिरी केही दिन अघि मात्र एमालेमा प्रवेश गरेका छन् ।

उनको अस्पतालमा लापरवाहीले ज्यान गुमाउने बिरामीहरुको संख्या पनि उत्तिकै छ । दुई दिन अघि मात्रै पत्रकार पवन साहले विराटनगरमा पत्रकार सम्मेलन गरी नोवेलबाट आफू पीडित भएको बताए । उनले शुनिल शर्माले अहिले मानिसहरुलाई झुक्याएर चुनाव जित्नका लागि उपचार गर्ने बहाना गरे पनि त्यो अन्तत स्वार्थ पूर्तिका लागि मात्र गरेको बताए । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) का तत्कालिन प्रमुख डीआईजी नवराज सिलवालले नक्कली डाक्टरको खोजी अभियान चलाउँदा शर्मा फरार भएका थिए । उनको डाक्टरी सर्टिफिकेटनै नक्कली भएको भन्दै प्रहरी खोजी सूचीमा राखेको थियो । तर एक महिना सम्म नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालासंग अमेरिका घुमेपछि उनले मोरङ क्षेत्र नम्बर ३ बाट टिकट हत्याएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर