खबर पूर्वाञ्चल
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गतको विराटनगरमा प्रतिनिधि सभाका उमेद्वार डा. शेखर कोइराला पाँचवटा चुनावी कार्यक्रममा सहभागी भएका छन् । जसअन्तर्गत विराटनगर ११ शिवपुरी, भट्टाचौकसहित विभिन्न ५ स्थानमा कार्यक्रम भएको हो । चुनावी सभामा सहभागी डा. कोइरालाले अबको चुनावी परिणाम काँग्रेसको पक्षमा हुने बताए । प्रदेश सभाको ख को उमेद्वार केदार कार्कीले विराटनगरको समग्र विकासको खाका काँग्रेससँग भएको चर्चा गरे ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा भएका अन्तर्गत धनपालथान गाँपाको फुटानी चौक, दादरवैरिया चौक, ललिया चौकमा भएका कार्यक्रममा डेढसय जना काँग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभाका उमेद्वार अमृत अर्यालले उनीहरुलाई स्वागत गर्दै भने,‘अरु पार्टीका
प्रतिनिधिलाई समेत काँग्रेसमा विश्वास भएकोले उहाँहरु हामीसँगै आउनु भएको हो ।’ काँग्रेसले धनपालथानका चार स्थानमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रदेशसभाका उमेद्वार सुकदेव मण्डल, समानुपातिकका उमेद्वार फूलकुमार लालवानी, धनपालथान गाउँपालिका प्रमुख हरिलाल सिंह, काँग्रेस नेता दिलीप गच्छदार, हसन अन्सारी, गयानन्द मण्डललगायतले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया