AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘छल्की’ चलचित्र गीतको छायाँकन सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ मंसिर २०७४, आईतवार १७:४६
3
Shares
विराटनगर,३ मंसिर / कन्नुलाल चौधरी मुख्य निर्मता रहेको चलचित्र ‘छल्की’ को छायाँकन सुरु भएको छ ।

चलचित्रको छायाँकन मोरङ र सुनसरीको पर्यटकी स्थलहरुमा छायाँकन हुँदैछ । केशब रायमाझीले निर्देशन गरेको चलचित्रको गीतको छायाँकन आज विराटनगरको फन एण्ड फट भिलेज रिसोर्टमा भएको थियो । चारवटा गीत रहेको चलचित्रको छायाँकन विभिन्न स्थानहरुमा हुँदै जाने निर्देशक रायमाझीले जानकारी दिए । चाँदनी फिल्मसको ब्यानरमा निमार्ण भएको चलचित्रको कार्यकारी निर्माता नरेन्द्र चौधरी, बद्री माझी र पन्चु नारायण चौधरी (थारु) तथा सह– निर्माताहरुमा ओमनारायण चौधरी, मनोज चौधरी, सुनिता चौधरी, प्रभानन्द चौधरी रहेका छन् ।

चलचित्रको प्रस्तुती राजेन्द्र भगतले गरेका छन् । छल्की चलचित्र नेपाली तथा अन्य भाषामा पनि डबिङ्ग हुने निमार्ण युनिटले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर