RUMPUM
animated ellipse animated ellipse

विराटचोकमा प्रचण्ड र ओलीले आज भाषण गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ मंसिर २०७४, आईतवार ०८:४०
3
Shares
फाइल तस्वीर
विराटनगर, ३ मंसिर/ बाम गठबन्धनलाई जिताउन देश दौडाहामा लागेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज  मोरङको विराटचोकमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

दुवै नेताले झापाको काँकडभिट्टामा आयोजना हुने सभालाई बिहान सम्बोधन गरेपछि दिउँसो २ बजे विराटचोकमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बाम गठबन्धन संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक विनोद ढकालले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्न दुवै अध्यक्ष प्रचण्ड र केपी ओली शनिबार नै पूर्व आइसकेका छन् । शनिबार झापाको दमकमा आयोजित संयुक्त सभालाई सम्बोधन गरेका दुवै नेता झापामै बसेका थिए । विराटनचोकमा आयोजना हुने सभामा कलाकार बद्री पंगेनी, कोमल ओली, टिका भण्डारीलगायतले मनोरञ्जन प्रदान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर