AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाली साहित्य समाजमा बैजयन्ती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०७४, शनिबार १९:०९
3
Shares
उर्लाबारी , २ मंसिर / नेपाली साहित्य समाज उर्लाबारी को १९ औं साधारणसभाले बैजयन्ती मिश्रको अध्यक्षतामा ११ सदस्य नयाँ समितिको चयन गरेको छ ।

आज भएको साधारणसभाले उपाध्यक्षमा यज्ञ परिश्रमी ,महासचिव कृष्ण उदासी ,सचीव बिद्या चाम्लिङ र कोषाध्यक्षमा युवराज काफ्ले योवन रहेका छ्न । यसैगरी सदस्यहरुमा बबिता घिमिरे , गणेश आचार्य ,अज्ञात ददि ,शृष्टि हिङमाङ ,गगन योक्पाङ्देन र फरिदा घिमिरे रहेका छ्न ।

अध्यक्ष रमेश भट्टराईको अध्यक्षतामा सप्तकोसी आमाबिको सभाहलमा भएको कार्यक्रममा जयधर्म आचार्य ,केशव राई, गोमा नेपाल, घनश्याम भण्डारी ,जगन्नाथ भट्टराई, पिताम्बर अधिकारी, सुवास सापकोटा र राजु लामा लगाएतले समाजले गर्ने हरेक कार्यक्रममासाहित्यिक गतिविधिमा हातेमालो गर्ने जनाएका थिए ।

२०५५ सालमा स्थापित यश सस्था ले उर्लाबारी (७ मा महाकबी लक्ष्मीप्रसाद देवकोटा को सालिक निर्माण गर्नु का साथै विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर