AArya
RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजमा विद्यार्थीको क्लब गठन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७४, शनिबार १८:२०
3
Shares
विराटनगर, २ मंसिर / विराटनगरमा रहेको एम्स कलेजमा विद्यार्थीको क्लब गठन भएको छ ।

नेतृत्वको गर्न सक्ने क्षमता अभिवृद्धी होस भनेर कलेजमा क्बल गठन भएको हो ।

कलेको पाँच वटा सदनहरु बनाई विद्यार्थीको क्लब गठन गरेको कलेज प्रमुख सिएम बस्नेतले जानकारी दिए । नयाँ नेतृत्व बहन गर्नेहरुमा विजय श्रेष्ठ, मनिषा राई, सन्तोष साह, जीवन लामा र तुलसा लामालाई आआफ्नो सदनको झण्डा हस्तान्तरण गरेर कार्यभार सुम्पिएका थिए ।

कार्यक्रममा कलेजका अध्यक्ष तुलसीप्रसाद पाख्रेलले नव निर्वाचित विद्यार्थी अध्यक्षहरुको पदस्थापना गरे भने कलेज प्रमुख सि.एम. बस्नेतले शपथ ग्रहण गराएका थिए ।

प्रत्येक बर्ष नयाँ नेतृत्व चयन गरेर विद्यार्थीहरुलाई नेतृत्व गर्ने कलाको विकाश गराउने उद्देश्य कलेजले लिएको छ । नयाँ नेतृत्व चयन भएका क्लबका अध्यक्षहरुले आआफ्नो कार्यकालमा सामाजीक तथा शैक्षिक कार्यक्रमहरु गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर