पूर्वाञ्चल खबर

आज बिराटनगरमा आयोजित एक नम्बर प्रदेश स्तरिय निर्वाचन सुरक्षा गोष्ठिमा बोल्दै गृह सचिव सापकोटाले स्र्रोत साधन र निर्देशन अभावको बहाना बनाएर नपन्छिकन प्राप्त अधिकार पुर्ण प्रयोग गरेर सुरक्षा प्रदान गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन गरेका हुन् ।
सचिव सापकोटाले बिश्वका जुनसुकै देशका सुरक्षा योजनामा पनि केही न केही स्रोधसाधनको कमजोरी हुने गरेको बताउँदै प्राप्त अधिकार जिम्मेवार भएर प्रयोग गरेमा सरकारले बनाएको तीन घेरे सुरक्षा योजना पुर्ण सफल हुने बताए । उनले घटना घटेपछि तात्ने भन्दा पनि समस्या पहिचान गरेर समाधान दिने गरि सुरक्षा योजना कार्यान्यवन गर्न आग्रह गरे । उनले भने ,— जिल्ला तहको टीम अधिकार प्राप्त टीम हो यसैले खटिएका कर्मचारी , निर्वाचन सामग्री र मतदाताहरुको सुरक्षा गर्ने जिम्मा उसैको हो पन्छिन मिल्दैन ।,
गृह सचिव , क्षेत्रिय प्रशासक , नेपाली सेनाका बलाधिकृत रथी , नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी गोष्ठिमा एक नम्बर प्रदेशका १४ जिल्लाका सिडिओ ,प्रहरी , शसस्त्र प्रहरी , नेपाली सेना र राष्ट्रिय अनुसन्धानका अधिकारीहरुले भाग लिएका छन् ।
गोष्ठिले आवश्यक छलफल गरि निर्वाचन सुरक्षामा देखिएका समस्या पहिचान गरि कार्यान्वयनकालागि आवश्यक थप योजना निर्माण गर्ने छ ।