AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्कूलमा कल्चरल तथा फेन्सी ड्रेस प्रतियोगिताको अडिसन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ मंसिर २०७४, शुक्रबार १९:००
3
Shares
विराटनगर, १ मंसिर / विराटनगर–१३मा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कूलले तेस्रो संस्करणको कल्चरल तथा फेन्सी ड्रेस प्रतियोगिता आयोजना गरेको छ ।

स्कूल परिसरमा आज भएको अडिसबाट फाइनलमा २० जना छनौट भएका छन् । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अडिसनमा स्कूलका ३५ जना विद्यार्थी सहभागि भएको बताए ।

प्रतियोगिताको निर्णायकहरुमा मिस पूर्वेली सुपर मोडको फस्ट रनरअप सोफिया तिम्सिना, र प्रशंसा पोखरेल रहेकी थिइन् । उनीहले उत्कृष्ट हुनेलाई छनौट गरेका थिए । प्रतियोगिताको फाइनल पुस ९ गते हुने बताइएको छ । प्रतियोगिताको बिजेता, फस्ट नरअप, सेकेन्ड रनरअप र विभिन्न टाइटलहरु वितरण गर्ने स्कूलले जनाएको छ ।
फाइनलमा छनौट भएका प्रतियोगिहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर