AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीमा वाम गठबन्धनको चुनावी अभियान आक्रमक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७४, बुधबार १६:३२
3
Shares
सरोज बस्नेत
उर्लाबारी, २९ कार्तिक/मोरङ क्षेत्र नं. १ (क) मा वाम गठबन्धनको चुनावी अभियान आक्रमक रुपमा भइरहेको छ ।

आजै मोरङको उर्लाबारीमा चुनावी अभियान अन्तरगत आधा दर्जन स्थानहरुमा वडा भेला तथा भेटघाट कार्यक्रम भएका छन् । उर्लाबारी वडा नं. ७ को स्कूलडाँडामा वडास्तरीय चुनावी भेला कार्यक्रम भएको छ ।

आजै विहान भएको वडा भेलामा मोरङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार घनश्याम खतिवडा, मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा(कुशल लिम्बू), माओबादीतर्फकी प्रदेश सभा समानुमातिक उम्मेद्वार ममता ताजपुरियालगायतको उपस्थिति रहेको थियो । भेलामा सम्बोधन गर्दै उम्मेद्वारहरुले वाम गठबन्धनलाई विजयी गराउन अपिल गरेका छन् ।

यसैगरी उम्मेद्वारहरुले बुधबारै सशस्त्र प्रहरी वेश क्याम्प उर्लाबारीका डिएसपी हरि थापालाई भेटेर शान्ति सुरक्षाको प्रत्याभूति गराउन र चुनाव निष्पक्ष रुपमा सम्पन्न गराउन अनुरोध गरेका छन् ।

डिएसपी थापाले शान्ति सुरक्षा मजबुद बनाउन आफूहरु लागि पर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, एभिन्यूज टेलिभिजनले उर्लाबारी चौकमा गरेको वहस कार्यक्रम वामपन्थी गठबन्धनका उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारीका बारेमा प्रष्ट्याउँदै समग्र मोरङ क्षेत्र नं. १ को विकास र समृद्धीका लागि सक्रिय रुपमा लाग्ने उद्घोष गरेका छन् । त्यस्तै, उर्लाबारी वडा नं. ४ मा बुधबारै वडा कार्यालयको उद्घाटन तथा भेला सम्पन्न भएको छ ।

प्रतिनिधि सभा सदस्य उम्मेद्वार खतिवडा र प्रदेश सभा (क) का उम्मेद्वार कुशलले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका छन् । उम्मेद्वार खतिवडाले वाम गठबन्धन कुनै पार्टीलाई पछि पार्न, सरकारको नेतृत्व गर्न नभई मुलुकको सामाजिक परिवर्तनका लागि एकता गरिएको बताएका छन् ।

गठबन्धन चुनावका लागि मात्र नभई दीर्घकालिन गठबन्धन हुने उनको दाबी छ । उनले मुलुकको परिवर्तनका लागि वापन्थी शक्ति एक हुन आवश्यक ठानेर नै एकता भएको स्पष्ट पारेका छन् । माओवादी केन्द्रका नेता तथा मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुशलले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता गरेको बताएका छन् । उनले राजनीतिक स्थिरताका लागि वामपन्थीहरूको सरकार हुनु जरुरी रहेको औँल्याएका छन् ।

अहिलेको निर्वाचनले त्यो योजना पूरा हुने भन्दै कुशलले त्यसपछि विकासले गति लिने जिकिर पनि गरेका छन् । उनले मोरङ क्षेत्र नं. १ (क) का जनताले आफूलाई जिताएरै छाड्ने दाबी गरेका छन् । आफ्नो क्षेत्रका विकासलाई प्राथमिकता दिँदै नमूना क्षेत्र बनाउने योजना आफूसँग रहेको उनको भनाई छ । यसैबीच बुधबारै मिक्लाजुङमा पनि वडा स्तरीय भेला भएको छ ।

वाम गठबन्धनको पक्षमा जनलहर बढेको भन्दै एक पटक वाम घटकलाई मतदान गरी विजयी गराउन एमाले मोरङका मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले बताएका छन् । मोर्चा विभागका प्रमुख खतिवडाको साथै एमालेका बैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङका सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, माओबादी केन्द्रका नेता प्रेम मिभकलगायतको जम्बो टोली चुनावी मैदानमा खटिएका छन् ।

वाम गठबन्धनका उम्मदेवारहरुलाई कुनै पनि हालतमा विजयी गराउन आवश्यक रहेको भन्दै उनीहरु चुनाबी मैदानमा सक्रियपूर्वक लागि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर