RUMPUM
animated ellipse animated ellipse

प्रजातन्त्र बलियो बनाउनु पर्छ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ कार्तिक २०७४, मंगलवार १६:५१
3
Shares
विराटनगर, २८ कार्तिक/उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई स्वस्थ्य प्रतिस्पर्धाको रुपमा दलहरुले लिनसकेमा मात्र प्रजातान्त्रीक पद्धति वलियो र दिगो हुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा वोल्दै उपप्रधानमन्त्री गच्छदारले, लोकतान्त्रिक शक्ति र वामपन्थी शक्ति विचको धुर्विकरणले मुलुकमा राजनितिक जटिलता थपिएको बताए ।

दलहरु विचको धुर्विकरणले मुलुकको प्रगतिमा वाधा पुग्ने भन्दै उनले मुलुकमा राजनितिक स्थाइत्व कायमगर्दै आर्थिक समवृद्धिका लागी दलहरु राष्ट्रिय एजेन्डाका साथ अघि वढनु पर्ने वताए । उनले समग्र मुलुकको ध्यान मात्र नभएर अन्तराष्ट्रिय जगतको ध्यान समेत चुनावमा केन्द्रित रहेकाले अव हुने निर्वाचनले मुुलुकमा राजनितिक स्थाइत्व र दिगो सरकार बनाउने बताए ।

उपप्रधानमन्त्री गच्छदारले आगामी १५ वर्षमा मुलुकलाई समवृद्ध बनाउने खालको एजेन्डालाई मुख्य ठुलादलहरुले आगामी चुनावमा प्राथमिक्ता दिनु पर्ने वताए ।

उनले केहि घटना घटदैमा निर्वाचनका लागी सरकारले गरेको सुरक्षा व्यवस्था फितलो भन्न नमिल्ने भन्दै मंसिर–१० र २१ गते हुन लागेको निर्वाचनका लागी सरकारले चारवटै सुरक्षा निकाय परिचालन गरेकाले निर्धक भएर निर्वाचनमा सहभागी हुन आग्रह समेत गरे ।

उपप्रधानमन्त्री गच्छदारले मुलुक संघियतामा गइ सकेको र केन्द्रको अधिकार गाउपालिका र नगरपालिमा पुगि सकेकाले कार्यकारी राष्ट्रपति प्रणालीको कुरा औचित्य नभएको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर