पूर्वाञ्चल खबर
आज उर्लाबारीमा वाम गठबन्धन मोरंग–१को सम्पर्क कार्यालय उद्घाटनमा बोल्दै उनीहरुले आप्mनो चुनावी एजेण्डामा यी कुरालाई विशेष प्राथमिकतामा दिएको बताएका हुन् । कार्यक्रममा वाम गठबन्धनको तर्पmबाट एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार घनश्याम खतिवडाले भने–‘भौगोलिक दृष्टिकोणले मोरंगको कर्णाली भनेर चिनिएको यो क्षेत्रमा सडक,खानेपानी,बिजुलीको समस्या छन् ।
प्राकृतिक सम्पदामा धनी यो क्षेत्रमा पर्यटन प्रबद्धर्नको माध्यमबाट यूवाहरुलाई रोजगारी प्रदान गर्न सकिन्छ । ’ यस्तै,प्रदेशतर्फ वाम गठबन्धनकोतर्फबाट माओवादी केन्द्रबाट मोरंग १ ‘क’उम्मेदवार कुलप्रसाल साम्बा‘कुशल’ले क्षेत्रको समग्र विकासका लागि स्थायी सरकार आवश्यकता रहेको कुरा उल्लेख गर्दै वामगठन्धनका उम्मेदवाहरुले चुनाव जित्नु पर्नेमा उनले जोड दिएका थिए ।
कांग्रेसबाट यस अघि यो क्षेत्रबाट चुनाव जितेर गएपनि विकास निर्माणमा खासै प्रगति नभएको लिम्बूको भनाइ थियो । कांग्रेसीहरु वामगठबन्धनबाट अत्तिएर यस क्षेत्रमा जातियताको कुरा उठाउदै भोट माग्न हिडेको नेता लिम्बूले आरोप लगाए । उनले भने–‘चुनाव होर्ने डरले कांग्रेसीहरु जातिय नारा लगाउदै हिडेका छन् । यसमा सबै सजग हुनु जरुरी छ । ’ यस्तै,प्रदेश १ ‘ख’बाट वाम गठबन्धनको तर्पmबाट एमाले उम्मेदवार उपेन्द्र घिमिरेले सिचाई,सडक,कृषि र रोजगारी आप्mनो पहिलो प्राथमिकता रहेको कुरा उल्लेख गरे ।
देशले वाम गठबन्धनको स्थायी सरकार मागेको परिस्थिती बनेको उनीहरुले बताए । यस्तै,उम्मेदवारहरुले वामपन्थी विरुद्ध नेपाली कांग्रेस उम्मेदवारहरुले अनेक थरी आरोप लगाए पनि उनीहरु जनताको अगाडि आपैmँ नागिंएको दावी गरेका छन् । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार डाक्टर शिवमाया तुम्बाहाम्फेले देशले वाम सरकार मागेको बताउदै वाम उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरिन् । यसैबीच,मोरंग १मा वाम गठबन्धनलाई अत्याधिक मतका साथ जिताउनका लागि एमाले र माओवादी केन्द्रका भातृ संगठनहरुले संयुक्त चुनाव परिचालन कमिटीहरु गठन गरेका छन् ।
वामगठबन्धन निकट शिक्षक,कर्मचारी,विद्यार्थी,जेष्ठ नागरिक,युवा,किशान लगायत अन्य भातृ संगठनहरुले संयुक्त रुपमा चुनाव परिचालन कमिटी गठन गर्दै चनावी मैदानमा होमिएका छन् । वाम गठबन्धनका उम्मेदवारहरुले टोल भेलालाई प्राथमिकता दिएका छन् । यस्तै,मतदाताका घरहरुमा गएर उनीहरुले आप्mनो चुनावी एजेण्डा लिएर भोट मागिरेहका छन् ।