animated ellipse animated ellipse

व्रह्माकुुमारी राजयोग सेवा केन्द्रले स्वर्ण जयन्ती मनाउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ कार्तिक २०७४, सोमबार १८:०७
3
Shares
विराटनगर, २७ कार्तिक / व्रह्माकुुमारी राजयोग सेवाकेन्द्र विराटनगरले स्थापनाको ५० वर्ष पुुगेको अवससरमा स्वर्ण जयन्ति मनाउने भएको छ ।

विज्ञान र अध्यात्मलाई समन्वयगरी मानव जिवनमा उच्च आचरण पैदागर्दै आएको सेवा केन्द्रले विराटनगरमा आज पत्रकार सम्मेलनगरी स्वर्ण जयन्ति मनाउने विषयमा जानकारी गराएको हो ।

यहि मंसिर ६ गते विराटनगरको विराट अस्पतालको पुुर्व पटिको खाली मैदानमा वृह्द कार्यक्रमको आयोजनागरी स्वर्ण जयन्ति मनाउन लागिएको केन्द्रकी संचालिका गिता दिदिले वताइन् । विराटनगर स्वर्ण जयन्ति महोत्सव कार्यक्रम सात दिनसम्म मनाइने केन्द्रले जनाएको छ ।
महोत्सवमा विभिन्न सेवा केन्द्रले रक्तदान, वक्तित्वकला प्रतियोगिता, दुुव्यर्सैनि मुुक्ति प्रशिक्षण, सरसफाई, अध्यात्मिक चित्र प्रर्दशनी, झाकी सहितको कलशयात्रा लगायतका कार्यक्रम संचालन हुुने जनाइएको छ ।

स्वर्ण जयन्ति महोत्सवमा आठ हजारभन्दा वढिको सहभागिता रहने गिता दिदिले वताइन् । २०२३ सालमा विराटनगर स्थित सेवाकेन्द्रको शाखा स्थापना भएको हो । विराटनगर–१० मा रहेको यस केन्द्रले पुूर्वक्षेत्रका १० वटा जिल्लामा ५९ वटा सेवाकेन्द्र, २ सय ८ वटा पाठसाला र १३ वटा इकाई कक्षा सञ्चालन गर्दै आएको छ । मुुलुुकभरी १५ वटा शाखा तथा उपशाखा तथा सेवाकेन्द्र सञ्चालनमा रहेको व्रह्म्कुुमार तुुलसी उप्रेतीले वताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका मोरङ अध्यक्ष वन्धुु पोखरेलले व्रह्माकुुमारी राजयोग सेवा केन्द्रले तनाव मुुक्त वनाएरु मानव जिवनलाई सही मार्गमा लैजान प्रभावकारी भुुमिका निर्वाह गर्दै आएको वताए । पूुर्वका शाखा उपशाखाहरुमा दैनिक चारहजार भन्दा वढिले कक्षा लिइरहेको सो अवसरमा जानकारी गराइएको थियो । ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर