AArya
RUMPUM
animated ellipse animated ellipse

पथरीमा योग शिविर सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०७४, शनिबार २०:३३
3
Shares
पथरी, २५ कार्तिक /मोरङको पथरीशनिश्चरेमा स्थापित नेपाल ज्योतिष परिषद्ले ४ दिने योग शिविर सुरु गरेको छ ।

आज पथरीशनिश्चरे–१ मा रहेको भूपू सैनिक अंग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा मेयर दिलिपकुमार राई (किशोर)ले शिविरको समुद्घाटन गरेका छन् ।

योग शिविर २५ गते देखि २८ गतेसम्म सञ्चालन हुनेछ । योग शिविरमा पतञ्जली योग समितिका केन्द्रीय सदस्य ललित शंकर योगीले योग प्रशिक्षण दिनेछन् । शिविरमा पथरीशनिश्चरे क्षेत्रका यूवा यूवती, व्यापारी, शिक्षक, विद्यार्थी, गृहणी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । योग शिविर विहान ५ देखि ७ बजेसम्म सञ्चालन भइरहेको छ । योग शिविरको अन्तिम दिन बुधबार मोतिबिन्दु हुनेहरुको लागि निःशुल्क आँखा शिविर हुने योग शिविर संयोजक ज्योतिष प्रकाश रिसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर