AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षा क्षेत्रमा भएको माफिया तन्त्रलाई नियन्त्रण गर्न क्रान्तिकारीकोे माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ कार्तिक २०७४, बिहीबार १८:५४
3
Shares
विराटनगर, २३ कार्ति/ शिक्षा क्षेत्रमा भएको माफिया तन्त्रलाई नियन्त्रण गर्न संस्थागत विद्यालय सञ्चालन निर्देशिक कार्यन्यन गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले माग गरेको छ ।

जिल्ला शिक्षा कार्यालय मोरङका प्रमुख दिलनाथ पुरीलाई ज्ञापन पत्र बुझाउदै क्रान्तिकारीले निर्देशिकाको अनुगमन र नियमन गर्न आग्रह पनि गरेको छ । संगठनले छ वुदे माग सहित बुझाएको ज्ञापन पत्रमा मात्री भाषा अध्ययनकालागि व्यावस्थापन गर्नु पर्ने, निजी स्कूलका विद्यार्थीहरुकालागि दश प्रतिशत छात्रवृद्धि लागु गर्नु पर्ने, आधारभूत तह सम्मको शिक्षा अनिवार्य र माध्यमिक तह सम्मको शिक्षा निशुल्क गर्न माग सहित ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य एवं मोरङ इञ्चार्ज जिशस न्यौपानेले जानकारी दिए ।

क्रान्तिकारीले आफ्ना माग कार्यन्यनकालागि मोरङका १७ वटै स्थानीय तहमा ज्ञापन पत्र पनि बुझाउने बताएका् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर