RUMPUM
animated ellipse animated ellipse

विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार – मोदी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७४, बिहीबार १५:४४
3
Shares
विराटनगर, २३ कात्तिक / निवर्तमान सांसद तथा मोरंग क्षेत्र नम्वर ४ का उम्मेदवार अमनलाल मोदीले विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताए ।

जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको भन्दै उनले भने सहिद हुनु परे पनि होउला ।’ प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजित पत्रकारसँग उम्मेदवार कार्यक्रममा उम्मेदवार मादीले विराटनगर विमानस्थललाई अन्र्तराष्ट्रिय स्तरको बनाईने बताए । ४–४ पटक मन्त्री भईसकेका व्यक्तिले क्षेत्र नंवर ४ को विकास नगरेको भन्दै उनले जनता आफ्नो पक्षमा बताए ।

पाँच वर्ष भित्रमा क्षेत्र भित्रका सम्पूर्ण सडकको स्तरोन्नती गरिसक्ने उनको भनाई छ । स्थानीय पर्यटकीय स्थलहरुको विकास गर्ने आफ्नो प्राथमिकता भित्र रहेको मोदीले बताए ।

कार्यक्रममा क्षेत्र नं ४ ख का उम्मेदवार जीवन घिमिरेले प्रदेश सभा मार्फत विराटनगरलाई राजधानी बनाउन भूमिका खेल्ने बताए । प्रदेश नं १ को राजधानी विराटनगर बाहेक अन्यत्र हुनै नसक्ने उनले बताए । उनले भने,‘ विराटनगरलाई राजधानी बनाउनका लागि जीवन मरणको लडाई लड्न तयार छु ।’ उनले विराटनगरमा व्यवस्थित बधशाला निर्माण, कृषि बजारको निर्माण, रिङरोडको निर्माण सम्पन्न गर्नेलगायतका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको बताए ।

क्षेत्र नं ४ क का उम्मेदवार विजय विश्वासले कृषिमा यान्त्रीकरण र यूवा स्वरोजगार आफ्नो मुख्य एजेण्डा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर