खबर पूर्वाञ्चल
हाल उर्लाबारी वडा नं. ५ को स्थायी बासिन्दा रहेका अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि औपचारिक रूपमा कांग्रेसमा आवद्ध भएका हुन् । पारिवारिक तथा समाजसेवी धनबहादुर कार्कीलगायतको प्रेरणाबाट कांग्रेसमा आवद्ध भएको बताउने उनी पार्टीको विभिन्न पदमा रहेर कुशलतापूर्वक नेतृत्व गर्दै आएका छन् ।
अधिकारी २०५३÷०५७ सालसम्म उर्लाबारी गाउँ उपसभापति, तरूण दल मोरङ जिल्ला सदस्य र २०५७÷०६२ सालसम्म उर्लाबारी गाउँ सभापति, २०६३ मा मोरङ निर्वाचन क्षेत्र नं. २ सभापति हुँदै १२ र १३ औं महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भएका थिए । २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ९ बाट समानुपातिकतर्फको उम्मेद्वार बनेका उनी मोरङ जिल्लामै समानुपातिकतर्फ बढी मत प्राप्त गरेपनि पार्टीभित्रको आन्तरिक व्यवस्थापनका कारण सभासद् हुनबाट रोकिए ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको अनुशासन समितिको संयोजक भई काम गरेका अधिकारी स्थानीय स्तरमा नेपाल रेडक्रस सोसाइटी, उर्लाबारी बहुमुखी क्याम्पसलगायतका विभिन्न संघसंस्थाहरूमा सल्लाहकारमा रहेर पनि सहयोग पुर्याउँदै आएका छन्। उनी हाल नेपाली कांग्रेसबाट मोरङ प्रदेश नम्बर १ का प्रदेश उम्मेदवार भएका छन् ।
उनीसँग जनताले धैरै अपेक्षा राखेका छन् । यो क्षेत्रलाई समृद्ध बनाउने जिम्मा ललितको काधमा आएको बजार तथा मतदाताहरुको जिब्रो झुण्डिएको पाइन्छ ।
अरुले त खै के गर्छन,तर ललित माथि पूर्ण विश्वास छ, उर्लाबारी चौकको एक चिया पसलमा जेष्ठहरु गफिदैं थिए,अहिले सम्म ललित कुनै विवादमा आएका छैनन् । जनताको पीर मर्कामा सधै आफ्नो तर्फबाट गर्न सक्ने काम तथा पहलकदमीको लागि सधै क्रियाशिल छन् ।
चुनाबी मिती नजिकिदै जाँदा ललितको पक्षमा माहौल निक्कै बढेको छ ।
समाजिक सन्जालमा म कम्युनिष्ट हुँ तर यो क्षेत्रको लागि विकासको लागि ललित दाईलाई भोट दिन्छु भन्नेहरु निक्कै छन् । गाउँघरमा पनि ललितलाई नै सघाउनेछौ भन्नेहरु निक्कै पाइन्छन् ।
विकासप्रेमि उम्मेदवार ललितलाई गुमाउनुहुन्न, हामीले हाम्रो हैन,राम्रो हेर्ने हो । राम्रा भनेका ललित अधिकारी नै हुन् भन्नेहरु बग्रेल्ती पाइन्छन् । यद्यपि,ललित भने अरुको ब्याकबाइट गर्न चाहाँदैन् । भन्छन्,जनताले योग्य उम्मेदवारलाई नै बिजयी गराउछन भन्नेमा आश्वस्त छन् ।
ललितकै शब्दमा किन मेरो उम्मेदवारी
तमाम सम्पूर्ण यस क्षेत्रका आमा बुवा दिदी बहिनीहरुमा सर्वप्रथम नमस्कार । म यहि क्षेत्रको ब्यक्ति । तपाईहरुकै दाई, भाई छोरा नाति ललित अधिकारी । मंसिर २१ गते हुने चुनावमा मैले प्रदेशका लागि मोरङ प्रदेश नम्बर १ क बाट उम्मेदवारी दिएको सर्वविदितै छ । म यो पार्टीले यो गरेर त्यो गरेन भन्न चाहान्न । तर म के गर्न चाहान्छु यो नै महत्वपूर्ण हुनेछ । म यो क्षेत्रको साँझा उम्मेदवार बन्न चाहान्छु । जो मैले विकासी सपनाहरु साँचेको छु । जुन पुरा गर्नुछ ।
हामीसँग तत्काल गर्ने ,पाँच वर्ष भित्र गर्ने र १० वर्ष भित्र गर्ने विकास निर्माणको स्पष्ट खाका छ । खास गरी मैले राजनीतिबाटै आर्थिक समृद्धिको सपना देखेको छु । यो निर्वाचन क्षेत्रका नागरिकलाई थाहा छ , ललित अधिकारीले कहिलै कुनै संघ संस्था वा विकासे समितिमा बसेर लाभको पद लिएको छैन । कम्युनिष्ट पार्टीमा जस्तै गरी पूर्णकालीन कार्यकर्ता भएर राजनीतिक संगठनमा काम गरेको छु । यहाँ मैले जे जे समस्या देखेको छु ति समस्या पहिले सम्बोधन गर्छु । तपाईहरुसँग हातेमालो गर्दै । जनताको कामका लागि यो पार्टी उ पार्टी भनेर कहिले विवेद गरिएन र गर्ने पनि छैन् । अन्य धैरै साथीहरुसँग पनि मेरो सुमधुर सम्बन्ध छ । जनताको समस्यामा काम गर्न पाउदा आफुलाई गौरवान्वित ठान्छु । किनकी मानबसेवा र समाजसेवामा आत्मिक शान्ति पनि मिल्छ ।
मैले चुनाव जित्नासाथ पहिलो नम्बरमा राजनीतिक पहुँच नपुगे कै कारण सरकारी सेवाबाट बञ्चितहरूलाई राज्यका सेवा सुविधाको पहुँचमा पु¥याउने छु । मत माग्न जाँदा सयौंले मलाई नागरिकता छैन, भनिरहेका छन् । छोराको नागरिकता छ, आमाको छैन, श्रीमानको छ , श्रीमतिको छैन् । बंशजको नागरिकता भएकाले पनि नागरिकता नभए कै कारण राज्यले दिने बृद्धभत्ता औषधि उपचारमा छुट लिन सकेका छैनन ।
मतदान गर्ने अधिकारबाट बञ्चित छन् ।त्यसैले एक नम्बरमा नगरपालिका र जिल्ला प्रशासनसँग समन्वय गरी नागरिकता टोली गाउँ–गाउँमा पु¥याउने छु । हाम्रो निर्वाचन क्षेत्रमा सडक ,सञ्चार , स्वास्थ्य ,शिक्षाको पहुँच पुगेको छैन । यसका लागि तत्काल योजना बनाएर काम सुरु गर्ने छु । खानेपानीको पहुँच नपुगेको स्थानमा खानेपानी विस्तार गरिने छ । पूर्वमा मावा र पश्चिममा बक्राहाले सयौंलाई उठिवास लगाएको छ । नदी कटान रोक्न तत्काल पहल सुरु गर्नेछु । तर यो समस्याको स्थायी समाधान दीर्घकालिक कार्यक्रम अन्तरगत विज्ञहरूको सुझाव लिएर गर्नेछु ।