खबर पूर्वाञ्चल
मोरङ ४ को (ख) बाट प्रदेशसभाका एमाले उम्मेदवार घिमिरेले आज संचारकर्मीसँग कुरा गर्दै स्वार्थी नेताहरुको दुरगामी सोचका कारण विराटनगर प्रदेशको राजधानी हुनबाट रोकिएको बताए । उनले नेपाली कांग्रेसका नेताहरुले विराटनगरलाई प्रदेशको राजधानी बनाउन नचाहेको आरोप समेत लगाए ।
विराटनगरलाई महानगर बनाउनपनि तिनै नेताहरुले बाधा गरेको स्मरण गर्दै उनले टंकिसिनवारी र कटहरीलाई महानगरमा गाभ्नबाट कांग्रेस नेताहरुले नै रोकेको आरोप लगाए । ‘टंकि र कटहरीलाई विराटनगरमा गाभ्नु पथ्र्यो, अब ५ वर्ष गाभ्नपनि मिल्दैन र काट्नपनि मिल्दैन’ घिमिरेले भने–‘रिङ रोड भित्र महानगर बनाउनु पथ्र्यो त्यो हुन सकेन ।’