AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०७४, बुधबार १५:०९
3
Shares
विराटनगर, २२ कार्तिक / विराटनगर–१० मा रहेको कोशी विद्या(केभिएम) मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विराटनगरमा रहेको न्यूरो हस्पिटलको प्राबिधक सहयोगमा आज बुत्रबार स्वास्थ्य शिविर आयोजना गरेको हो ।

स्कूलमा अध्ययरत विद्यार्थीहरुकोहरुको लागि न्यूरोको हस्पिटलको विशेषयज्ञ चिकित्सवहरुबाट स्वास्थ्य परीक्षण गराएको स्कूलका निर्देशक राजेशकुमार दासले जानकारी दिए ।

स्वास्थ्य परीक्षणमा स्कूलका अध्ययरत प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शिवरमा सहभागि भएका अभिभावक नम्रता भट्टराईले यस्तो खालको स्वास्थ्य शिविरबाट हाम्रा नानीहरुको स्वास्थयको बारैमा जानकारी पाइरहिन्छ । उनले भनीन्, ‘स्कूलले यस्तो खाले शिविरलगायत अतिरिक्त कार्यक्रमहरु आगामी दिनमा पनि गर्दै जानु र्पछ । ’

विद्यार्थीहरुको स्वास्थ्य परीक्षण न्यूरो हस्पिटलका बरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषयज्ञ डा. शुरेसप्रसाद साह र डा. फणीन्द्र साहलगायतको टालीले स्वास्थ्य जाँच गरेका थिए ।
त्यस्तै स्त्री रोग विशेषज्ञ डा. रेणु राठीले महिला अविभावकलाई स्त्रीरोगको स्वास्थयबारैमा अभिमुखिकरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर