RUMPUM
animated ellipse animated ellipse

मोरङ क्षेत्र नम्बर ३ मा अस्पतालसँग एमालेको चुनावी प्रतिस्पर्धा हुने -ढकाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० कार्तिक २०७४, सोमबार २१:३६
3
Shares
फाइल तस्वीर
पथरी, २० कार्तिक / मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमाले नेपाली कांग्रेससँग होइन अस्पतालसँग प्रतिस्पधा हुने नेकपा एमालेको पोलिब्यूरो सदस्य तथा प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।

कानेपोखरी गाउँपालिकामा बाम गठबन्धनको निर्वाचन परिचालन कमिटि गठनको सभा कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो कुरा बताएका हुन् । सुनिल शर्मा प्रतिनिधि सभाको उमेदवार दिएर गाउँगाउँमा निर्वाचन आचारसंहिता उलङघन गरेका बताए । उमेदवार भएर आफ्नो हस्पिटलको ब्यानर लिएर गाउँ गाउँ भोट माग्र्दै हिडे पछि अव एमालेले हस्पिटलसँग चुनाव लड्नु पर्ने भएको बताए ।

कांग्रेसमा उमेदवार नभएकोले हस्पिटललाई उमेदवार बनाए पछि गठबन्धनको जित दुईतिहाईले निचित भएको उनले उद्घोष गरे । ढकालले शर्मा नक्कली सटिफिकेट लिएर डाक्टर भएको र अहिले नक्कली डाक्टर बनेर गाउँगाउँमा सर्वसाधरणको स्वास्थमा खेलवाट गर्दै अकुत सम्पती कमाउन आफ्नो अस्पतालको नाम बेच्र्दै हिडेको बताए ।

निर्वाचन कार्यालयमा जानकारी निवेदन गरिसकेकोले शर्माले यस किसिमको धन्दा नरोके गाउँ गाउँमा बाम गठबन्धनले त्यसको प्रतिकार गर्ने चेतावानी दिएका छन् । उनले भने–‘गठबन्धनको प्रतिकार क्षती सरकारले लिनु पर्ने छ ।’ ढकाल बामगठबन्धनबाट प्रतिनिधि सभाका क्षेत्र नम्बर ३ का उमेदवार हुन ।

क्षेत्र नम्बर ३ मा गएको स्थानीय तहमा २१ हजार मतले बाम गठबन्धन अघि भएकोले अव यस चुनावमा ३० हजार भन्दा माथी ल्याउने खालको रणनिति तयार बनाउन आफ्नो नेता कार्यकर्तालाई निर्देशन गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा क्षेत्र ‘क’ का उमेदवार गिता तिम्सीनाले आफू मोरङ जिल्लामा एक्लो महिला उमेदवार भएकोले महिलाको हक अधिकार सुनिचित गर्न आफूले जित्नै पर्ने बताएकी थिइन् । कायक्रमा माओवादी केन्द्रका गोपी अछामी, एमालेका भेषनाथ रिजाल,ताराबहादुर काफ्ले, भोला अधिकारीलगाएत उपस्थीत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार