खबर पूर्वाञ्चल
उद्योग संगठन मोरङ र मोरङ व्यापर संघले हिजो साँझ विराटनगरमा आयोजना गरेको भेटघाट एवँ छलफल कार्यक्रममा वोल्दै अध्यक्ष ओलीले अव यस्ता दुसप्रचारवाट एमालेलाई कुनै नोक्सानी नहुने पनि वताए ।
उनले काग्रेसले कम्युनिष्टहरुको सरकार वनेमा अतिवाद शासन सता आउछ भन्दै कम्युनिष्टप्रति भ्रमपुर्ण प्रचार गरेको भनाई थियो ।
पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेलाई राजनितिको नाममा यस्ता गलत भ्रमपुर्ण प्रचार गर्न समेत नहरको स्प्रष्ट पारे । अध्यक्ष ओलीले एमाले पार्टी विकास र समृद्धीको पक्षमा सधै रहेको भनाई थियो ।
उनले अव विराटनगर राजनितिक र आर्थिक क्षेत्रको हवको रुपमा निर्माण गर्नुपर्नेमा पनि जोड दिए ।
अध्यक्ष ओलीले एक नम्वर प्रदेशको राजधानी विराटनगरलाई वनाउन एक नम्वरको सुचीमा राख्न आफनो समर्थन रहेको पनि वताए ।
कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले विराटनगरको औद्योगिक विकासका लागि आवश्य पुर्वधार निर्माणलाई जति सक्दो चाडौ गर्न अध्यक्ष ओली समक्ष आग्रह गरेका थिए ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यले विराटनगरको औद्योगिक विकासका लागि आवश्य पुर्वधार निर्माणको लागि तयार पारेको कार्यपत्र प्रस्तुत गरे ।