AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ काँग्रेसको प्रचार र अनुगमन समिति गठन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७४, शनिबार १५:५४
3
Shares
विराटनगर, १८ कार्तक/आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी तथा उम्मेदवारको चुनावी गतिविधि प्रचार प्रसार गर्न नेपाली काँग्रेस मोरङले २०७५ सदस्यदीय प्रचार समिति गठन गरेको छ ।

जिल्ला पार्टी कार्यालयमा आज बसेको बैठकले प्रचार र अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टीको चुनावी गतिविधि, चुनावमा पार्टीभित्रकै पदाधिकारी तथा शुभेच्छुकबाट हुनसक्ने अन्तरघात र विमतिलाई अनुगमन गर्न अनुमगन समिति पनि गठन गरिएको छ ।
काँग्रेसले पार्टीका जिल्ला सचिव नागेश कोइरालाको संयोकत्वमा गठन गरेको प्रचार समितिको सहसंयोजकमा प्रदीप विश्वास रहेका छन् । विश्वासलाई हालै नेपाली काँग्रेसमा विलय भएको लोकतान्त्रिक फोरमबाट समेटिएको हो । प्रचार समितिमा पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, महानगर, नगर, गाउँ तथा वडा समितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी र नेपाल प्रेस युनियनका सदस्यहरुसमेत प्रचार समितिमा समेटिएको मोरङ काँग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बूले जानकारी दिएका छन् ।

लिम्बूले भने,‘चुनावको प्रचार प्रसारलाई जनस्तरसम्म पु¥याउनका लागि क्षेत्र, नगरदेखि वडासम्मको संरचना तयार गरिएको हो ।’

प्रचार समितिमा नेपाल प्रेस युनियनमा आवद्ध यूवा तथा अग्रज पत्रकारको संयोजकत्वमा क्षेत्रस्तरीय प्रचार समिति पनि गठन भएको छ । क्षेत्र नम्बर १ मा प्रशान्त निरौला, क्षेत्र नम्बर २ मा किरण न्यौपाने, क्षेत्र नम्बर ३ मा हरि कोइराला, क्षेत्र नम्बर ४ मा शंकर खरेल, क्षेत्र नम्बर ५ मा अनन्तराज न्यौपाने र क्षेत्र नम्बर ६ मा शेखर रेग्मी प्रेस संयोजक तोकिएका छन् । ती सबै समितिहरुमा युनियनसँग आवद्ध पत्रकारलाई सदस्य बनाइएको छ ।

पार्टीले आजै गठन गरेको अनुमगन समितिको संयोजक महासमिति सदस्य सुदनबहादुर कार्की रहेका छन् । यो समितिको सदस्यमा गयानन्द मण्डल, नारायणबाबु कार्की, सूची चौधरी र मो. सदरुल मियाँ सदस्य रहेका छन् । काँग्रेस जिल्ला सभापति लिम्बूका अनुसार समितिले शनिबारबाटै आफ्नो काम सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर