RUMPUM
animated ellipse animated ellipse

काँग्रेसी हैकम तोड्न चुनावी मैदानमा कुशल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७४, शनिबार १५:४१
3
Shares
नीति र नेता मिलेपछि त्यसले ईनर्जी (उर्जा) दिन्छ । त्यसैले राप र ताप दुबै दिन्छ समाजलाई । तर, जव त्यसमा राजनैतिक इमान्दरिता जोडिन्छ अनी सिनर्जी (बहुउर्जा ) उत्पति हुन्छ । त्यसले समाजलाई थप प्रकाश पनि दिन्छ । नेपालको संविधान र राजनैतिक प्रणालीले प्रादेशिक संरचनाको परिकल्पना र प्रारुप यसरी निर्माण गरेको छ की शासन प्रकृयामा आम जनतालाई सहभागि गराउने उद्देश्य बोकेको छ ।

त्यसकारण अव आउने संघ र प्रदेशकाका प्रतिनिधि नीति र नैतिकताले विभुषित हुनुपर्ने आमअपेक्षा छ । यही जनअपेक्षालाई पुरा गर्न चुनावी मैदानमा होमिएका छन् क्रान्ति योद्धा कुलबहादुर साम्बा (कुशल) । जिम्मेवार पदमा नहुँदा त समाजमा हैकम र रवाफ देखाउनेहरु पदमा पुगेपछि निरंकुश हुन सक्छन् भन्ने उदाहरण यसअघिका काँग्रेसका निर्वाचित प्रतिनिधिहरुले पुष्टि गरिसकेका छन् । त्यसैले पूर्वी मोरङमा थामिनसक्नु बनेको काँग्रेसी हैकमलाई रसातलमा पुर्याउन नेकपा एमालेसँग गठबन्धन गरी चुनावी दौडमा साम्बा होमिएका हुन् । उनी मोरङ १ (क) बाट प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेद्वार हुन् ।

अहिले मोरङ १ (क) लगायत देशैभरिको माहोल संघ र प्रदेश निर्बाचनको चर्चाले खुवै तातेको छ । मोरङ १ को प्रतिनिधिसभा र प्रदेश सभामा कस्ले जित्ने भन्ने बिषय पनि यसक्षेत्रमा निकै महत्व बनेको छ । मोरङ क्षेत्र १ (क)मा वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका युवा नेता साम्बा साझा उम्मेद्वार हुन् । वाम गठबन्धनले जितेमात्र उर्लाबारी र मिक्लाजुङको विकास हुने योजनासहित वाम घटकहरु चुनावी मैदानमा उर्लिएका छन् ।

सरल र मिजास स्वभावका साम्बा ठूला साना सबैसँग मिल्न सक्ने स्वभावका हुन् । सुखमा नमात्तिने र दुःखमा नआत्तिने स्वाभावले पनि साम्बाको सामाजिक उचाइ अझ वलियो देखिएको छ । समृद्ध र समुन्नत पूर्वी उत्तरी मोरङको सपना लिएर अघि बढेका कुशल साम्बा पहिलो पटक चुनावमा उम्मेदवार बनेका हुन् । बिशेष गरि बिकास निर्माण र समुन्नत पूर्वोत्तर मोरङको परिकल्पना एमाले– माअ‍ोवादी केन्द्रसँग मात्र भएका उदाहरण सहित अहिले साम्बाले मत माग्न सुरु गरिसकेका छन् ।

पूर्वी मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको ६ वटा वडा समेटिएर बनेको प्रदेशसभाका लागि चुनावी मैदानमा कुशल साम्बा सबैभन्दा अग्रपक्तिमा छन् । वामहरु छिन्नभिन्न भएको फाईदा उठाउँदै गत संबिधानसभाको चुनावमा काँग्रेसले जित हात पारेकोले यस क्षेत्रमा आशातीत रुपमा विकाश निर्माणले फड्को मार्न सकेन ।

उर्लाबारी पूर्वकै एक उदीयमान शहर हो । अहिले यसको बिकास शहरको रुपमा भईसकेको छैन । तर पनि उर्लाबारी र उत्तरी मोरङको मिक्लाजुङको भविष्य आशलाग्दो छ । यसलाई निमोठ्नेहरुसंग जनता सावधान हुनैपर्छ । समाजको सवै वर्ग र तह तथा जात जातिहरुबीच सुमधुर सम्बन्ध कायम राख्न सक्ने र सामाजिक विविधता विच सुसम्बन्धको बिकास गर्न सक्नेले नै उर्लाबारी र मिक्लाजुङको कायाकल्प गर्नसक्छ ।

कसैको दादागिरी र कोही भयआतुर रहने समाजले उन्नति गर्न सक्दैन । मेलमिलापमा आधारित परस्पर सहयोगी समाज वाम गठबन्भनले मात्र निर्माण गर्न सक्छ भन्ने उम्मेद्वार साम्बाको ठम्याई छ । उनी भन्छन् – मोरङ १(क) का जनताले वाम घटकलाई जिताउने छन् भन्ने कुरामा सबै विस्वस्त छन् । वाम एकताले मात्र समाजलाई न्याय, राप, ताप र प्रकाश दिन सक्छ । त्यसैले विगत स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई जनताले बलशाली बनाए । एक्लाएक्लै चुनाव लड्दा पनि गत स्थानीय तहको चुनावमा एमाले पहिलो र माओवादी केन्द्र तेस्रो बन्यो । अब यी दुई वाम गठबन्धन एक भएपछि अबको निर्वाचनमा वाम गठबन्धनको सजिलै बहुमत आउने निश्चित बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर