खबर पूर्वाञ्चल
विराटनगर ४ मा निर्माण गरिने उत्त संचार ग्रामको आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुजापाठ गर्दै विधिवत रुपमा काम सुरु गरारेका हुन् ।
सूचना तथा सञ्चार क्षेत्रको केन्द्र बनाउने उद्देश्यले विराटनगर—४ स्थित खार्जी कोहबारामा निर्माण गरिने सञ्चारग्रामको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले एक कार्यक्रमका बिच सुभारम्भ गरेपछी निमार्ण कार्य शूरु भएको हो । एक नम्बर प्रदेशकै सूचना तथा सञ्चार क्षेत्रको केन्द्र बनाउने उद्देश्यले विराटनगर—४ स्थित खार्जी कोहबारामा सञ्चारग्रामको निर्माण सुरु भएको थियो ।
संचारग्रामको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यानास गरेका थिए । निकै तामझामका साथ शिल्यानास गरिएको भएपनि बजेट बिनियोजित नहुदा निर्माणको काम अलपत्र बनेको थियो । संचार मन्त्रालय र रेडियो नेपालको १९ करोड ९६ लाखको संयुक्त लगानीमा सञ्चारग्राम निर्माण हुन लागेको हो । ६ कट्ठा ८ घुरमा निर्माण हुन लागेको संचार ग्राम ४ तल्ले हुने छ ।
संचारग्रामको निर्माण सँगै पूर्वी प्रदेशको राजधानीका रुपमा अघिबढेको विराटनगरमा सञ्चारग्राम पनि थपिने भएको छ । आगामी ०७५ चैत मसान्त सम्म निर्माण सम्पन्न भईसक्ने ठेकेदार कम्पनि रविनाजोसी जेवीका प्रमुख रमेश कार्कीले बताए । उनले द्रुत गतिमा काम गर्दै गुणस्तरीयतामा समेत कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
विराटनगर महानगरपालिकाको व्यवस्थापनमा निर्माण हुने सो संचारग्राम नेपालको नमूना सञ्चारग्रामका रुपमा निर्माण हुने बताइएको छ । महानगरपालिकाका अनुसार सञ्चारग्राममा २ सय ५० जना अट्ने हल, एक सय ५० जना क्षमताको तालिमहल, क्षेत्रीय सञ्चार संग्राहलय, इ—लाइब्रेरी, रेकर्डिङ स्टुडियो, समाचार तथा कार्यक्रम प्रशारणका लागि एफएम स्टुडियो,प्रशासनिक कक्षलगायतका संरचना निर्माण हुने छ ।
काठमाण्डौं बाहिर प्रादेशिक संरचना अनुरुप निर्माण हुन लागेको विराटनगरको सञ्चारग्राम नेपालकै पहिलो हो । नेपालमा प्रजातन्त्र रेडियोको नामबाट तारणीप्रसाद कोइरालाले पहिलोपटक विराटनगरबाट रेडियो प्रशारण गरेका थिए । प्रजातन्त्र र रेडियो प्रशारणको उद्गम स्थलका रुपमा रहेको विराटनगरमा रेडियोको सुरुवाद गर्ने कोइरालाको नामबाट सञ्चारग्राम निर्माण गर्न लागिएको हो ।